Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुम्यो’

खबरडबली संवाददाता

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवम नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ । लामो समयसम्म सभामुखको भूमिकामा रहेका कारण संसदीय सूचना प्राप्त गर्ने सन्दर्भमा सबै सञ्चारगृहका लागि उनी समाचार स्रोतका रुपमा थिए ।

पत्रकारलाई सधैँ ‘स्थायी समिति सदस्य’ भनेर सम्बोधन गर्ने संविधानसभाका अध्यक्ष नेम्वाङ संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच भइरहेका कुराकानी, उठेका प्रश्न, समस्या समाधानका लागि चालिएका कदम र सम्भावित चुनौतीबारे सूचना उपलब्ध गराउँदै पुष्ट्याइँका लागि सहयोगसमेत गर्थे । राष्ट्र, राष्ट्रियता र समाजका विभिन्न विधाका विषयमा पनि उत्तिकै चासो र चिन्ता राख्ने नेम्वाङको कार्यकक्ष सबैखाले सञ्चारकर्मीका लागि हरदम खुला रहन्थ्यो ।

संविधानसभाका अध्यक्ष नेम्वाङसित भेट्न र सम्पर्क गर्न बेग्लै पहुँच स्थापित गर्न आवश्यक थिएन । उनको कार्यकक्षमा सधैँजसो पत्रकारको जमघट भइरहन्थ्यो । सधैँ सूचना प्राप्त भइरहन्थ्यो । आफ्ना केही भनाइ वा दृष्टिकोण सञ्चारमाध्यममा ल्याउनुपर्‍यो भने हार्दिकताका साथ यस्तो विषयले तपाईंहरुको सञ्चारमाध्यममा स्थान पाउँदैन रु भनी उनी जिज्ञाशा राख्थे । 
    
पुष्ट्याइँबिना आएका कतिपय समाचारप्रति टिप्पणी गर्दै नेम्वाङले ‘व्याङ्ग्यात्मक’ शैलीमा भन्थे, “समाचारको स्रोत चाहिँ को हो ? त्यहाँ त केही देखिँदैन, मैले भनेको छैन ।”  

संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफ्ले भन्छन्, “संसदीय खुलापन, संसदीय अभ्यास र सञ्चार जगतको पहुँच स्थापित गराउने हिसाबले उहाँ हाम्रो अभिभाव नै हुनुहुन्थ्यो, संसदीय पत्रकारले एक मार्गदर्शक गुमाएको छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबैभन्दा धनी मन्त्री रघुवीर महासेठको सम्पत्ति कति छ ?

काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको सम्पति अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा रहेको छ । महतोको नाममा जनकप...

श्रम मन्त्री अर्यालको सम्पत्ति : १५० तोला सुन, काठमाडौंसहित १२ ठाउँमा जग्गा (विवरणसहित)

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी)अर्यालले सम्पति विवरण सार्वजनिक गरेको छन्  । सार्वजनिक मन्त्रीहरूको सम्पत्ति विवरण...

सहरी विकासमन्त्री धनबहादुरको सम्पत्तिः काठमाडौँमा २ वटा घर, १५० तोला सुन

काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको...

नारायणकाजीको सम्पत्ति सार्वजनिकः १ लाख २२ हजार नगद र प्रचण्डले दिएको एउटा गाडी

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पती विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा आफ्नो ...

कति छ रवि लामिछानेको सम्पत्ति ? सुनमात्रै ८० तोला

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको...

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद (विवरणसहित)

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनु...

राप्रपाको काठमाडौँमा मोटरसाइकल ऱ्याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरे...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेल...

नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवर...

संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies