Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन

खबरडबली संवाददाता

गण्डकी । प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठित पोखरा महानगरपालिका– ३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आएका एक सय ८३ जना नाथ योगीको सहभागिता छ । 

समाजमा कानचिरा जोगीका रुपमा विशिष्ट पहिचान बनाएका नाथ सम्प्रदायका योगीको राष्ट्रिय परिषद्ले नाथ योगीहरूद्वारा सञ्चालित पीठ, तिनको भौतिक अवस्था, समिति तथा गुरुहरूको सम्बन्धका साथै यस सम्प्रदाय संरक्षणको उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम नवलपुरका पीठाधीश आचार्य योगी खेचरनाथले जानकारी दिए ।

नेपालभर एक हजारभन्दा बढी सङ्ख्यामा नाथयोगी रहेको जानकारी दिँदै उनले नेपाल र नेपाली समाजको एकीकरणमा नाथ योगीको भूमिका महत्वपूर्ण रहेको बताए । गाउँ बस्तीमा शङ्ख फुक्दै हिँड्ने क्रममा त्यहाँको अवस्था, आम सर्वसाधारणको बुझाइआदिबारे जानकारी ल्याउने काम गरी नाथ योगीले नेपालको एकीकरणमा विशिष्ट भूमिका खेलेको उनले जानकारी दिए ।

नेपालमा नाथ सम्प्रदायलाई सङ्गठित गर्न योगी नरहरी नाथले विशिष्ट योगदान गरेको बताउँदै योगी खेचरनाथले राणा प्रधानमन्त्री मोहन शमशेरले उनलाई मृगस्थलीको पीठाधीश घोषणा गरी रथारोहण गराएको उल्लेख गरे ।

तत्कालीन समयमा राज संस्थाले पनि यस सम्प्रदायलाई उच्च महत्त्व दिएको बताउँदै उनले प्रत्येक सवारी अघि नाथको स्वीकृति लिनुपर्ने प्रावधान थियो । उनका अनुसार भारतको गोरखपुरमा रहेको गोरखनाथ धाममा प्रत्येक वर्षको माघ १ गते गोरखास्थित गोरखनाथ गुफाबाट लगिएको खिचडिमा प्रयोग हुने दाल र चामल चढाएपछि मात्रै अन्य पूजा सुरु हुने प्रचलन अहिले पनि कायमै छ । 

सम्मेलनको स्थानीय व्यवस्थापन शिवगोरक्षनाथपीठ सिद्धाश्रमले गरेको सो संस्थाका संरक्षक राममणि अधिकारीले जानकारी दिए । शिवगोरक्षनाथपीठ सिद्धाश्रम यस क्षेत्रको प्राचीन तपोभूमिका रुपमा प्रसिद्ध रहेको उनले बताए । 

विसं २०१० सालतिर अभदुत देवनाथ योगी९नागा बाबा०ले यही क्षेत्रमा बसी साधना गरेको जानकारी दिँदै अधिकारीले यो क्षेत्रमा पाण्डव दाजुभाइले वनबासका क्रममा केही समय विताएको किंबदन्ती रहेको बताए । ऐतिहासिकस्थलमा भएको यस सम्मेलनले यहाँको गरिमा र महत्त्व अझै बढाएको उनको भनाइ छ । 

संस्कृतिविद् डा जगमान गुरुङले पञ्च पाण्डव घुम्दै केही समय यही आएर बसेका कारण यसस्थलको नाम पछि पचभैया भएको बताए । नाथ सम्प्रदायको आफ्नै विशिष्ट महत्त्व रहेको र उच्च मनोबलका साथ यस परम्पराको अनुसरण गर्न उनले नाथ योगीहरूलाई आग्रह गरे । विश्व हिन्दू महासङ्घका अध्यक्ष अस्मिता भण्डारीले नाथ राष्ट्रिय परिषद्को सम्मेलनले नाथ सम्प्रदायको मौलिक संस्कार र संस्कृतिलाई जीवन्त राख्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...

अपडेट: कपिलवस्तुमा निषेधाज्ञा जारी

कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...

हिन्दु–मुस्लिम समुदायबीच विवाद हुँदा कपिलवस्तु अशान्त, प्रदर्शन रोक्न प्रहरीद्धारा लाठीचार्ज

कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...

कांग्रेसभित्रको विवाद: देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय बैठक बोलाउने निर्णय

काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...

रवि लामिछानेको मुद्दामा संशोधित निर्णयको फाइल मगाउने सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...

अमेरिका विश्व ऊर्जा बजारमा प्रभुत्व जमाउने प्रयासमा

मस्को। रसियाली परराष्ट्रमन्त्री सेर्गेई लावरोभले बताए अनुसार, संयुक्त राज्य अमेरिका विश्व ऊर्जा बजारमा आफ्नो प्रभुत्व स्थापित गर्न रणनीति बनाइरहेको छ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका...

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिकाको हरिसिद्धीस्थित होसना इट...

मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था, तीन दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अब नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। यसका लागि सांसदहरूले आफूले कुन भाषामा श...

मुस्ताङ भन्सारको कारोबार १२ अर्ब नाघ्यो

मुक्तिनाथ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ७ महिनामा १२ अर्ब १५ करोडभन्दा बढी मूल्यको वस्तु आयात गर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: