काठमाडौं । एसीसी एसिया कप क्रिकेटमा श्रीलंकालाई हराउदै भारत फाइनलमा पुगेको छ । श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा भारत ४१ रनले विजयी हुँदै फाइनलको लागि स्थान पक्का गरेको हो।
भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ बलमा अलआउट भयो । श्रीलंकाका लागि दुनिथ वेललेजले ४६ बलमा अविजित ४२ रन बनाए । धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।
भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २र२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३ रन बनाएको थियो ।
भारतका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
गिलले २५ बलमा १९ रन बनाए । शर्मालाई ५३ रनमा दुनिथले आउट गरेका थिए । तेस्रो विकेटका लागि केएल राहुल र ईशान किशनले ८९ बलमा ६३ रनको सानदारी साझेदारी गरेका थिए ।
राहुलले ४४ बलमा ३९ तथा किशनले ६१ बलमा ३३ रन बनाएका थिए । एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ६० रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो ।
श्रीलंकाका लागि दुनिथले १० ओभरमा ४० रन खर्चिएर महत्वपुर्ण ५ विकेट लिएका थिए । उनले कप्तान शर्मा, ओपनर गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए ।
चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिएका थिए । महेश थिक्सनाले १ विकेट आफ्नो नाम गरे ।
बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । यस खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्ने छ । फाइनल खेल आईतबार हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: