Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

खबरडबली संवाददाता

जुम्ला । जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । 

पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । कार्यालय प्रमुख अधिकारीले भने, “गत वर्षभन्दा यो वर्ष स्याउको उत्पादन ४० प्रतिशतले घटेको छ ।” स्याउ खेती गर्ने किसानको सङ्ख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।  

जिल्लामा कूल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ । अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पूरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।  

जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ । स्याउ लिनका लागि स्थानीय व्यापारी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

किसानको बगैँचाबाट प्रतिकेजी रू ६० मा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताए । जिल्लाको सिञ्जा भेगमा स्याउ खरिद गर्ने व्यापारी किसानको बगैँचामा पुग्ने गरेका छन् । 

“भदौको दोस्रो सातापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र गरेका थियौँ”, सिञ्जा गाउँपालिका कृषि शाखाका प्राविधिक दलवीर वडले भने, “अहिले यहाँका किसानलाई स्याउ टिप्न चटारो परेको छ । व्यापारीले स्याउको गुणस्तर हेरेर प्रतिकेजी रु ५० देखि ६० मा किन्ने गरेका छन् ।” जिल्लाभर स्याउको मूल्यदर एकरूपता कायम नहुँदा किसानले उचित मूल्य पाउन नसकेको कृषि प्राविधिक वडले जानकारी दिए । 

नेपाली नारीको पर्व हरितालिका तीज नजिएसँगै सुर्खेत, नेपालगञ्ज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट स्याउको माग आउने गरेको  स्थानीय स्याउ व्यापारी युवराज न्यौपानको भनाइ छ । किसानले आफ्ना स्याउ बगैँचामा उचित गोडमेल तथा काटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढाले जानकारी दिइन् । 

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत साउन महिनाको पहिलो साताभित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन किन गए कतार ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार गएका छन्।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले...

थाईल्यान्डमा राजतन्त्रको आलोचना गर्न किन पाइँदैन ?

काठमाडौं । थाईल्यान्डमा लीज-म्याजस्टी कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ।राजतन्त्रको संरक्षणका लागि बनाइएको कानुनलाई विश्वकै कठोर कानु...

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय...

एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जना मैदानमा- ओलीको ‘ग्रिन सिग्नल’ पाएका ढुंगेलले मार्लान् बाजी ?

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। दिउँसो १ बजेबाट मात्रै मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्...

म्याग्दीको बेनी अस्पताल- न जनशक्ति, न पूर्वाधार

म्याग्दी । बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल ...

काठमाडौंमा आज कहाँ-कहाँ हुन्छ सवारी आवागमन प्रभावित ?

काठमाडौं । आज काठमाडौं उपत्यकामा सवारी आवागमन प्रभावित हुुने भएको छ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाल...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको वि...

अब पहिरो जाँदैछ भन्ने कुरा पहिले थाहा पाइने

काठमाडौं ।  नेपालमा पहिरोको पूर्वसूचना सहजरुपमा थाहा पाउन सकिने भएको छ।  खानी तथा भूगर्भ विभागले जर्मनस्थित जियोटेक्निकल इन्जिनियरिङमा बृहत् अनुभव भएक...

रास्वपाको निष्कर्ष- राष्ट्रपतिबाट कैद माफी कानुनको बर्खिलाप, भ्रष्टाचार प्रकरणमा सरकारको भूमिकामै संशय

चाडपर्वमा हुने कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गर्न माग

परम्परागत रुपमा इन्द्रजात्रा पर्व आज मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending