Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

व्यवस्थित पशु बधशालाप्रति महानगरको चासो

खबरडबली संवाददाता

नारायणगढ । महानगरपालिकाभित्र व्यवस्थित पशु बधशाला निर्माणका लागि भरतपुर महानगरले चासो देखाएको छ । महानगरपालिकाभित्र रहेका पशु बधशाला व्यवस्थित नभइरहेको अवस्थामा बधशाला व्यवस्थित गर्न महानगरले तयारी थालेको हो ।

उपभोक्ताको गुनासो बढेसँगै महानगरले उपप्रमुख चित्रसेन अधिकारीको संयोजनमा सात सदस्यीय ‘पशु बधशाला व्यवस्थापन कार्यदल’ गठन गरेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुखसहित पशु बधशाला रहेका वडाका वडाध्यक्षहरु सदस्य रहने गरी कार्यदल गठन गरिएको कार्यदलका संयोजक अधिकारीले जानकारी दिए । 

उनका अनुसार समितिले महानगरभित्र कति पशु बधशाला छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ । अध्ययनसँंगै व्यवस्थित पशु बधशाला निर्माणका लागि उचित स्थानमा जग्गाको व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

बजार अनुगमन समितिको संयोजकसमेत रहेका अधिकारीले पशु बधशाला अनुगमनका क्रममा बधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार कुनै पनि बधशाला नरहेका बताए । उनले भने, “पशु अधिकार, क्वारेन्टिन र स्वास्थ्य परीक्षण नगरी पशु बध गर्ने गरेको पाइएको छ ।” 

महानगरको घनाबस्ती र मुख्य बजारी क्षेत्रमा धेरै मात्रामा पशुको बध गरिँदै आइएको जनाउँदै उपप्रमुख अधिकारीले अनुगमनका क्रममा बधशालाको सरसफाइ र व्यवस्थापन राम्रो नभएको पाइएको जानकारी दिए । “नारायणगढ बजारका पशु बध गरेर निस्किएको फोहोरलाई पुङ्गी खोलामा विसर्जन गर्ने गरिएको पाइएको छ”, उनले भने, “यसलाई रोक्नका लागि बधशाला व्यवस्थापन आवश्यक रहेकाले सो कार्यमा लागेका छौँ ।”

पशु बधशालाको स्थापना र सञ्चालनका लागि बध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी बध गर्न योग्य पशु राख्ने छुट्टाछुट्टै स्थानको व्यवस्था, बिरामी पशु राख्ने अलग्गै स्थान, बध गरेपछि रगत निथोर्ने, छाला काढ्ने, खुइल्याउने, मासु सफा गर्ने, आन्द्रा भुँडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

मापदण्डअनुसार पशु बध गरिसकेपछि मासु परीक्षण ९पोष्टमार्टम एक्जामिनेसन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु ९कन्डेम्ड मिट० तह लगाउने स्थान, आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था, बध गर्न ल्याइएका पशुबाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको, पशु बधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको हुनु पर्नेछ ।

त्यस्तै, बधशालाका लागि पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, बध गरिने र मासु परीक्षण गर्ने स्थानको भुईँ सजिलैसँग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको, मासु सुरक्षित राख्नका लागि आवश्यक शीत भण्डारको व्यवस्थालगायत नियम पशु बधशाला तथा मासु जाँच नियमावलीमा उल्लेख गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending