Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कुश ल्याउने पुरोहितसमेत छैनन् गोरखाको भीमसेन थापा गाउँपालिकामा

खबरडबली संवाददाता

गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठरदश वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ  हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ ।

पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ । तर गएको केहीवर्षदेखि कुशे औंसीको दिन उनको नत पुरोहित नै कुश लिएर आउँछन् नत उनी आफै कुशलिन जान्छन् ।

बरु घरमा देव तथा पितृकार्यमा कुश चाहिए  पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन् । “मेरो घरमा मात्र होइन आजभोलि छरछिमेकमा समेत धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ, श्रेष्ठले भने, “घर–घरमा कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन् ।” गोरखा नगरपालिका–८ का बमबहादुर खत्रीको घरको घरमा पनि कुश नभित्र्याएको तीन वर्ष भन्दा बढी भइसक्यो । 

“कुशे औसीको दिनविहानै घरको ढोकामा पुरोहित कुस लिएर आउने र ढोकामादुवे टाँसेर जाने र जजमानले सकेको दानदक्षिणादिने प्रचलन पुरानो हो”, उनले भने, “हिजोआज पुरोहितआउन पनि छोडीसके हामी पनि खोज्दै जान छोड्यौ । ” घरघरमा पूजागर्दा तथा पितृकार्य पर्दा बजारबाट कुशकिनेर ल्याई कार्यहरुगर्ने गरेको उनको भनाइ छ । 

पुरोहितहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । चाहिएको बेलामा बजार किनेर काम टार्न पाइने भएपछि घर–घरमा कुश भित्र्याउने प्रचलन हट्दै गएको खत्री बताउँछन् ।

बौद्धिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पति हो । पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदीकार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्नका लागि प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको पुरोहित ऋषिराम भट्टराई बताउँछन् ।

“गाउँघरमा पुरोहितको सङ्ख्या पनि विस्तारै कमहुँदै गएको छ, उनले भने, “धेरैजसो पुरोहितका काम गर्नेहरु गाउँ छोडेर सहरतिरे पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुशभित्र्याउने प्रचलन घट्दै गएको हो ।” त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुनथालेको पुरोहित भट्टराईको भनाइ छ । 

जप गर्दा, होम, देवपूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशकोदण्ड लिएर बस्नु हिन्दूधर्मालम्बीले गर्ने कर्मको विशेषता भएकाले कुशको विशेष महत्वहुने उनको भनाइ छ । कुश एक किसिमको वनस्पती  हो । यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ । 

कुश घरमा भित्र्याउँदा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पुरोहित भट्टराईले बताए । कुशभाद्र कृष्ण औंशीको दिन बिहानै नुहाएर चोखो गरी धोतीलगाएर विधिपूर्वक पूजा गरेर बिहानै उखेल्नुपर्ने धार्मिक मान्यता रहेको उनको भनाइ छ ।

“कुश उखेल्दाउत्तर या पूर्वतर्फ फर्किएर उखेल्नुपर्दछ, पुरोहित भट्टराईले भने,“भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश एक वर्षसम्म देवअनुष्ठान तथा पितृकर्मको लागि प्रयोग सकिने शास्त्रमा उल्लेख छ ।”  काटेको कुशभने धार्मिक तथा पितृकार्यका लागि प्रयोग गर्न नहुने भएकाले कुशको फेदको भागमा बलियोसँग समाएर एकै झट्कामा उखेल्ने गरिन्छ । मानिस जन्मदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजा सामग्रीका रुपमा लिइएको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको तालिमको उद्घाटनमा रवि र बालेन अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...

रास्वपाको अभिमुखीकरण कार्यक्रमको सुरु हुँदै

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक...

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते

उदयपुर। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणमा आएन

बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएक...

मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम...

ट्रम्प र सीबिच शिखर वार्ता हुने

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएको छन् । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नया...

हावाहुरी र चट्याङको जोखिम आज पनि कायम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...

कालीगण्डकी नदीमा अवैध दोहन

बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: