Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

कुश ल्याउने पुरोहितसमेत छैनन् गोरखाको भीमसेन थापा गाउँपालिकामा

खबरडबली संवाददाता

गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठरदश वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ  हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ ।

पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ । तर गएको केहीवर्षदेखि कुशे औंसीको दिन उनको नत पुरोहित नै कुश लिएर आउँछन् नत उनी आफै कुशलिन जान्छन् ।

बरु घरमा देव तथा पितृकार्यमा कुश चाहिए  पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन् । “मेरो घरमा मात्र होइन आजभोलि छरछिमेकमा समेत धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ, श्रेष्ठले भने, “घर–घरमा कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन् ।” गोरखा नगरपालिका–८ का बमबहादुर खत्रीको घरको घरमा पनि कुश नभित्र्याएको तीन वर्ष भन्दा बढी भइसक्यो । 

“कुशे औसीको दिनविहानै घरको ढोकामा पुरोहित कुस लिएर आउने र ढोकामादुवे टाँसेर जाने र जजमानले सकेको दानदक्षिणादिने प्रचलन पुरानो हो”, उनले भने, “हिजोआज पुरोहितआउन पनि छोडीसके हामी पनि खोज्दै जान छोड्यौ । ” घरघरमा पूजागर्दा तथा पितृकार्य पर्दा बजारबाट कुशकिनेर ल्याई कार्यहरुगर्ने गरेको उनको भनाइ छ । 

पुरोहितहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । चाहिएको बेलामा बजार किनेर काम टार्न पाइने भएपछि घर–घरमा कुश भित्र्याउने प्रचलन हट्दै गएको खत्री बताउँछन् ।

बौद्धिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पति हो । पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदीकार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्नका लागि प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको पुरोहित ऋषिराम भट्टराई बताउँछन् ।

“गाउँघरमा पुरोहितको सङ्ख्या पनि विस्तारै कमहुँदै गएको छ, उनले भने, “धेरैजसो पुरोहितका काम गर्नेहरु गाउँ छोडेर सहरतिरे पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुशभित्र्याउने प्रचलन घट्दै गएको हो ।” त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुनथालेको पुरोहित भट्टराईको भनाइ छ । 

जप गर्दा, होम, देवपूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशकोदण्ड लिएर बस्नु हिन्दूधर्मालम्बीले गर्ने कर्मको विशेषता भएकाले कुशको विशेष महत्वहुने उनको भनाइ छ । कुश एक किसिमको वनस्पती  हो । यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ । 

कुश घरमा भित्र्याउँदा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पुरोहित भट्टराईले बताए । कुशभाद्र कृष्ण औंशीको दिन बिहानै नुहाएर चोखो गरी धोतीलगाएर विधिपूर्वक पूजा गरेर बिहानै उखेल्नुपर्ने धार्मिक मान्यता रहेको उनको भनाइ छ ।

“कुश उखेल्दाउत्तर या पूर्वतर्फ फर्किएर उखेल्नुपर्दछ, पुरोहित भट्टराईले भने,“भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश एक वर्षसम्म देवअनुष्ठान तथा पितृकर्मको लागि प्रयोग सकिने शास्त्रमा उल्लेख छ ।”  काटेको कुशभने धार्मिक तथा पितृकार्यका लागि प्रयोग गर्न नहुने भएकाले कुशको फेदको भागमा बलियोसँग समाएर एकै झट्कामा उखेल्ने गरिन्छ । मानिस जन्मदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजा सामग्रीका रुपमा लिइएको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy