बैतडी । अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।
कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।
“बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए”, उनले भने, “आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”
आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट रु नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ ।
विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - १०:३२
काठमाडौं। एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण...
मंसिर ९ गते, २०८१ - १७:१२
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ...
मंसिर ९ गते, २०८१ - १६:५६
भक्तपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड...
मंसिर ९ गते, २०८१ - १६:४८
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिकस्तरबाट ख...
मंसिर ९ गते, २०८१ - १६:३६
काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक १३ दशमलव शून्य ती...
मंसिर ९ गते, २०८१ - १६:२६
काठमाडौं। अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् । नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले ...
मंसिर ९ गते, २०८१ - १६:२२
काठमाडौं। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजिनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजिनामा स्वीकृत गरेका हुन् । सभमुख देबरा...
मंसिर ९ गते, २०८१ - १६:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञ...
मंसिर ९ गते, २०८१ - १५:३९
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ। कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राख...
मंसिर ९ गते, २०८१ - १५:३६
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्...
प्रतिकृया लेख्नुहोस्: