Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

दरौँदीमा ९ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

खबरडबली संवाददाता

गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा।डम्बरबहादुर नेपालीले जानकारी दिए ।

आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए ।  “सिमलगैरामा विद्युत्गहृ रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो”, उनले भने, “दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।”  गोरखा–१२, १३ र १४, सहिद लखन गाउँपालिकाका–१, २ र ३ तथा पालुङटार नगरपालिका–३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।  “आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछ”, आयोजनाका इन्जिनियर अनिल नेपालले भने, “अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।”

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए ।

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक

बलराम केसीले जानकारी दिए । विभागबाट अनुमति पाएपछि आगामी माघ पहिलो सातादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रङ्गमञ्चमा सिकेका कुरा चलचित्रमा प्रयोग गर्न नपाउँदा खल्लो लाग्छ: अभिनेता सापकोटा

काठमाडौँ । नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज साप...

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता

भरतपुर । पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक आज बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई...

कर्णालीको मुख्य दुश्मन गरिबी : मुख्यमन्त्री शर्मा

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्र...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घ...

उत्तर कोरियाद्वारा संविधानमा आफूलाई आणविक शक्तिको दाबी

कोरिया । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक ...

देशमा देखापरेको अराजकतालाई गम्भिरतापूर्वक लिनुपर्ने माओवादीको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा अराजकताको संकेत देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्...

सर्लाहीमा जलाउन लागिएको युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाकामा जलाउन लागिएको एक विवाहित युवतीको शव चिताबाट बरामद गरिएको छ । प्रहरीले सुनिल साहकी श्रीमती २१ व...

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि स...

विप्लव पुत्र डा प्रकाशले गरे डा मान्यतासँग प्रगतिशील विवाह (हेर्नुहोस् तस्विरहरु)

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले चितवनकी डा मान्यता थापासँग प्रगतिशील विवाह गरेका छन् ।  ...

शुक्लाफाँटामा प्रसूति गृह नहुँदा महिलालाई सास्ती

कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ स...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending