Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

दरौँदीमा ९ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

खबरडबली संवाददाता

गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा।डम्बरबहादुर नेपालीले जानकारी दिए ।

आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए ।  “सिमलगैरामा विद्युत्गहृ रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो”, उनले भने, “दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।”  गोरखा–१२, १३ र १४, सहिद लखन गाउँपालिकाका–१, २ र ३ तथा पालुङटार नगरपालिका–३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।  “आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछ”, आयोजनाका इन्जिनियर अनिल नेपालले भने, “अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।”

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए ।

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक

बलराम केसीले जानकारी दिए । विभागबाट अनुमति पाएपछि आगामी माघ पहिलो सातादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान-इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...

एसईईमा पाल्पाबाट चार हजार सात सय बढीले सहभागी हुने

तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...

पितृशोकमा रहेका ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...

नवनिर्वाचित सांसदहरूले इतिहास लेख्ने अवसर सदुपयोग गर्नुपर्छ: उपसभापति अर्याल

काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...

सभापति र वरिष्ठ नेतालाई सम्भव भएसम्म भोलि उपस्थित गराउँछौँ : डीपी अर्याल

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...

खोटाङमा हावाहुरी : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको...

रास्वपाको तालिमको उद्घाटनमा रवि र बालेन अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...

रास्वपाको अभिमुखीकरण कार्यक्रमको सुरु हुँदै

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: