Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।  

“बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ”, उनले भने, “गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ ।” ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थलमा पुगेको छ । मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन् । 

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो । दुई गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशमा देखापरेको अराजकतालाई गम्भिरतापूर्वक लिनुपर्ने माओवादीको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा अराजकताको संकेत देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्...

सर्लाहीमा जलाउन लागिएको युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाकामा जलाउन लागिएको एक विवाहित युवतीको शव चिताबाट बरामद गरिएको छ । प्रहरीले सुनिल साहकी श्रीमती २१ व...

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि स...

विप्लव पुत्र डा प्रकाशले गरे डा मान्यतासँग प्रगतिशील विवाह (हेर्नुहोस् तस्विरहरु)

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले चितवनकी डा मान्यता थापासँग प्रगतिशील विवाह गरेका छन् ।  ...

शुक्लाफाँटामा प्रसूति गृह नहुँदा महिलालाई सास्ती

कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ स...

एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित

काठमाडौँ । नेकपा एमालेको काठमाडौँमा जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ । निर्वाचन तालिका अनुसार ब...

साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित  टाइब्रेकरमा ३-२ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले २५ औं मिनेटमा अ...

३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक प...

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सहयोग गर्छ: राजदूत पार्क

काठमाडौँ । नेपालका लागि  दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्न...

पुष्पा र अञ्जली कोसी टप्पुमा

इनरुवा । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending