Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८० बिहीबार | 28th September, 2023 Thu

बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

खबरडबली संवाददाता

मलेखु । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको हो भन्दै उनले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु हुने बताए ।

शुक्रबार गृह जिल्ला धादिङ पुगेका सङ्घीय सांसद अर्यालले पत्रकार भेटघाटमा भने, “सरकारले चासो र ग्यारेन्टी लिन पर्यो, अनि पो जनता ढुक्क हुन्छौँ । लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन । ” मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेको उल्लेख गर्दै उनले समय गुज्रँदै जाँदा आयोजना बनाउन महँगो बन्ने सङ्केत देखिएको बताए ।

“बूढीगण्डकीलगायत ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो । तर भाषणमै  सीमित हुनुभन्दा काम गरे पो देश समृद्ध हुन्छ । त्यसैले रोकिएका मुआब्जा दिएर काम अघि बढाउनुपर्छ,” सांसद अर्यालले भने, “धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना निर्माणमा सबै मिलेर अघि बढ्न जरुरी  छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा जलाउन लागिएको युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका १ खैर्वाकामा जलाउन लागिएको एक विवाहित युवतीको शव चिताबाट बरामद गरिएको छ । प्रहरीले सुनिल साहकी श्रीमती २१ व...

ओलाङचुङगोलामा सीमा प्रवेशपत्र वितरण

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि स...

विप्लव पुत्र डा प्रकाशले गरे डा मान्यतासँग प्रगतिशील विवाह (हेर्नुहोस् तस्विरहरु)

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले चितवनकी डा मान्यता थापासँग प्रगतिशील विवाह गरेका छन् ।  ...

शुक्लाफाँटामा प्रसूति गृह नहुँदा महिलालाई सास्ती

कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ स...

एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित

काठमाडौँ । नेकपा एमालेको काठमाडौँमा जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ । निर्वाचन तालिका अनुसार ब...

साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित  टाइब्रेकरमा ३-२ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले २५ औं मिनेटमा अ...

३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि स्थानीय तहलाई विवरण माग गरेको छ । कामपाले सूचना नै जारी गरी एम्बुलेन्स आवश्यक प...

विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा कोरियाले सहयोग गर्छ: राजदूत पार्क

काठमाडौँ । नेपालका लागि  दक्षिण कोरियाका राजदूत तेयोङ पार्कले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने नेपालको लक्ष्यमा आफ्नो देशले सक्दो सहयोग गर्न...

पुष्पा र अञ्जली कोसी टप्पुमा

इनरुवा । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै ...

यू–१९ साफ च्याम्पियनसिप : पाकिस्तान फाइनलमा

काठमाडौँ । सडेन डेथमा भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending