Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

दयाहाङ राई भन्छन्- कलाकारले बक्सअफिसभन्दा पात्रमा बढी ध्यान दिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात् अभिनेता दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले रुचाएको प्रमाणित भयो ।

यसअगाडि नै उहाँ दुई अभिनित ‘कबड्डी ४ : दी फाइनल म्याच’ ले बक्सअफिसमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो ।  यही जोडी अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ लाई पनि दर्शकले रुचाएका छन् ।

गत शुक्रबार २९ भदौदेखि प्रदर्शनरत चलचित्रको सुरुआती व्यापार उत्साहजनक रहेको सुन्दा खुसी लागेको अभिनेता दयाहाङ राईले बताए ।

उनले भने, “मैले चलचित्रमा व्यापार गर्ने अनुमानभन्दा पनि विषयवस्तुलाई हेरेर काम गर्ने गरेको छु । किनकि पछिल्लो चलचित्रको सफलतासँग शृङ्खलाबाहेक अन्यको धेरै सम्बन्ध रहँदैन । यसले व्यावसायिकरूपमा समेत सफलता पाइरहेको सुन्दा खुसी लागेको छ ।”

उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेका छन् । त्यसैले आउँदो समयमा छान्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो ।

“अभिनेताले बक्सअफिसभन्दा पनि आफ्नो चरित्र निर्माणमा दबाब लिनुपर्छ । यसले नै पात्रप्रतिको इमान्दारी प्रस्ट्याउँछ”, अभिनेता राईले भने ।

दीपेन्द्र लामाले लेखन तथा निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झालगायतका कलाकारले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शनमा आएको चलचित्र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ ले पनि सुखद सुरुआत गरेको छ । निर्देशक झरना थापाले चलचित्रको विषयवस्तुलाई रुचाइएको जानकारी दिइन् । उनले भनिन्, “हाम्रो विषयवस्तुलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । हामीले नियमितभन्दा फरक प्रस्तुति लिएर आएका छौँ ।”

नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपिन कार्कीले चलचित्रमा ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending