काठमाडौँ । यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात् अभिनेता दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले रुचाएको प्रमाणित भयो ।
यसअगाडि नै उहाँ दुई अभिनित ‘कबड्डी ४ : दी फाइनल म्याच’ ले बक्सअफिसमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो । यही जोडी अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ लाई पनि दर्शकले रुचाएका छन् ।
गत शुक्रबार २९ भदौदेखि प्रदर्शनरत चलचित्रको सुरुआती व्यापार उत्साहजनक रहेको सुन्दा खुसी लागेको अभिनेता दयाहाङ राईले बताए ।
उनले भने, “मैले चलचित्रमा व्यापार गर्ने अनुमानभन्दा पनि विषयवस्तुलाई हेरेर काम गर्ने गरेको छु । किनकि पछिल्लो चलचित्रको सफलतासँग शृङ्खलाबाहेक अन्यको धेरै सम्बन्ध रहँदैन । यसले व्यावसायिकरूपमा समेत सफलता पाइरहेको सुन्दा खुसी लागेको छ ।”
उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेका छन् । त्यसैले आउँदो समयमा छान्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो ।
“अभिनेताले बक्सअफिसभन्दा पनि आफ्नो चरित्र निर्माणमा दबाब लिनुपर्छ । यसले नै पात्रप्रतिको इमान्दारी प्रस्ट्याउँछ”, अभिनेता राईले भने ।
दीपेन्द्र लामाले लेखन तथा निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झालगायतका कलाकारले अभिनय गरेका छन् ।
सोही मितिमा प्रदर्शनमा आएको चलचित्र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ ले पनि सुखद सुरुआत गरेको छ । निर्देशक झरना थापाले चलचित्रको विषयवस्तुलाई रुचाइएको जानकारी दिइन् । उनले भनिन्, “हाम्रो विषयवस्तुलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । हामीले नियमितभन्दा फरक प्रस्तुति लिएर आएका छौँ ।”
नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपिन कार्कीले चलचित्रमा ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।
चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - ०९:३१
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...
माघ ९ गते, २०८२ - ०९:२६
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । जिल्ला पार्टी सचिव...
माघ ९ गते, २०८२ - ०९:१४
म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...
माघ ९ गते, २०८२ - ०८:३०
तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...
माघ ९ गते, २०८२ - ०८:२६
बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...
माघ ९ गते, २०८२ - ०७:२८
काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...
माघ ९ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...
माघ ९ गते, २०८२ - ०७:१३
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...
माघ ९ गते, २०८२ - ०७:१०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...
माघ ९ गते, २०८२ - ०७:०८
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: