Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

१०३ वटा एन्टिबायोटिक औषधि प्रयोग नगर्न सरकारकाे निर्देशन (सूची)

खबरडबली संवाददाता

काठमाडौं । सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । सरकारले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोग न्यूनीकरण, रोकथाम र नियन्त्रण गर्न प्रयोगमा नल्याउन निर्देशन दिएको हाे ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधि प्रयोगका लागि सिफारिस नगरेको र ती एन्टिबायोटिकको प्रयोग गर्न औचित्य नभएकोसमेत औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । ‘डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ’, उनले भने, ‘ती औषधि न दर्ता गर्छौं न त प्रयोग गर्न अनुमति नै दिन्छौं ।’

उनका अनुसार १०३मध्ये १३ प्रकारका एन्टिबायोटिक औषधि भने दर्ता गरिएका छन् । विभागले त्यस्ता एन्टिबायोटिकको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणाअनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने बिरामीदर, मृत्युदर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतिको अन्तिम चरणमा रहेको जनाएको छ ।

महानिर्देशक ढकालले एन्टिबायोटिकलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सिफारिसमा ती औषधिको दर्ता, नवीकरण, पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताए ।

विभागमा दर्ता भएका र नभएका तथा डब्लुएचओबाट सिफारिस नगरिएका एन्टिबायोटिकको समीश्रण र सो औषधिको समीश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चापदार्थको थप नयाँ/दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता एन्टिबायोटिकको समीश्रणको उत्पादन अनुज्ञापत्र, बजार बिक्री वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिसपत्र नवीकरण नगर्ने निर्णय गरिएको छ ।

विभागमा दर्ता भएका त्यस्ता प्रकारका एन्टिबायोटिकको कच्चापदार्थ तथा प्राइमरी र सेकेण्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेश गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधिको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधिको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ ।

यस्तै विभागमा दर्ता भएका १३ प्रकारका एन्टिबायोटिकको मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र बिक्री वितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिए । उनका अनुसार हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका एन्टिबायोटिक एवं समीश्रणको हकमा निर्णय भएको मिति अर्थात यही भदौ १८ गतेदेखि बढीमा ६ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

   

 
 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending