काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तनका लागि छलफल अघि बढाएको छ । गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै नाम परिवर्तनबारे आगामी महाधिवेशनमा निर्क्यौल गर्ने निर्णय गरेको हो।
पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल भइरहेको उल्लेख गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ।
‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ सर्कुलरमा उल्लेख गरीएकाे छ।
माओवादीको गत साउन १६ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई संयोजक तोकेको थियो ।
पार्टीको नाम फेर्ने र एमाले बाहेकका कम्युनिष्ट पार्टीहरू मिलेर एउटै पार्टी बनाउने छलफल गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि पनि चलेको थियो । नेकपा माओवादीसहितका कम्युनिष्ट पार्टीहरूले अहिले समाजवादी मोर्चा बनाएर देशव्यापी कार्यक्रम गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८० - १७:३६
बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा उत्पादित “प्रहरी कार्यक्रम” प्रसारणको लागि स्थानिय टेलिभिजनहरुसंग सम्झौता भएको छ । कोशी प्...
आश्विन ४ गते, २०८० - १७:२८
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना ...
आश्विन ४ गते, २०८० - १७:२०
ललितपुर । ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुङ्गेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छ...
आश्विन ४ गते, २०८० - १७:१२
काठमाडाैं । हिन्दु धर्मावलम्बीले परिवारजनमा जुठो वा सूतक परेका बेला धार्मिक कार्य र श्राद्ध गर्दैनन् । कतिपय परिवारजनचाहिँ टीका लगाउने कि नलगाउने भन्न...
आश्विन ४ गते, २०८० - १६:४०
काठमाडौँ । पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । म्युजिक अवार्ड चलचित्र विकास वोर्डको हलमा हुने आ...
आश्विन ४ गते, २०८० - १६:२८
काठमाडौंँ । हास्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले बैदेशिक रोजगारिको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विद...
आश्विन ४ गते, २०८० - १६:२३
काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा सुधार देखिएको छ । जहाँ एकैदिन चार कम्पनीको सेयर सकिर्ट लेबलमा कारोबार भएका छन् । बिहीबार शेयर बज...
आश्विन ४ गते, २०८० - १६:२०
अछाम । विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ । तुर्माखाँद गाउँपालिकामा ...
आश्विन ४ गते, २०८० - १६:०६
भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन्। उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत ब...
आश्विन ४ गते, २०८० - १५:५४
छलफलबाट मिलाउने पक्षमा प्रहरी
प्रतिकृया लेख्नुहोस्: