Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आठ वर्षसम्म पनि तीन किलोमिटर सडक कालोपत्रे भएन सदरमुकाम तम्घास

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।

निर्माण व्यवसायीले उक्त सडकको काम गर्ने भनी सात पटकसम्म म्याद थप गर्दा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । यसअघि सडक डिभिजन कार्यालय पाल्पा, तम्घास सिमलटारी प्यूठान, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तुले उक्त सडक निर्माणको काम गर्दै आएको थियो । 

सडकको सुरुको खण्डअन्तर्गत तम्घास–खाम्सेपानीदेखि सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सचित्तानन्द चौधरीले जानकारी दिए । निर्माण व्यवसायीले पटकपटक म्याद थप गर्ने तर काम नगर्ने गरेकाले सडक निर्माण अलपत्र परेको उनले बताए ।

सडक निर्माणको जिम्मा पाएको लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले अन्तिम पटक भन्दै विसं २०८० असारसम्मको म्याद थप गरेको थियो । म्याद थप गरेपनि अहिलेसम्म बाँकी सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन । विसं २०७१ असार ३१ गते सम्झौता भई विसं २०७२ चैत्र ३० गते सम्पन्न गर्ने गरी रु सात करोड १९ लाख ८७ हजारमा सम्झौता भएको थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा यहाँका नागरिकले समस्या खेप्दै आइरहेका छन् । रेसुङ्गा नगरपालिकासँग जोडिएको मुख्य नाकाको सडक वर्षौँदेखि अलपत्र हुँदा नगरपालिकाले गम्भीररुपमा ध्यानाकर्षण भएको जनाएको छ । 

सडक निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि चासो नदेखाएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । उनले कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, काम अलपत्र पारेर नागरिकलाई सास्ती दिने व्यवसायीलाई सम्बन्धित कार्यालयले कालोसूचिमा राखेर कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

सडक कालोपत्रे नहुँदा महँगो भाडा तिरेर सदरमुकामसम्म आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ थियो । “कालोपत्रेका लागि नाली र ग्राभेलको काम सम्पन्न भैसकेको थियो । लामो समयसम्म काम नहुँदा सडकको ग्राभेल पानीले बगाएर खाल्डा परिसकेको छ”, प्रमुख चौधरीले भने । उनका अनुसार वर्षामा हिलो र हिउँदमा धुलोले आवागमनमा सास्ती हुने गरेको छ ।

उनले निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयदेखि सडक अलपत्र अवस्थामा रहेको बताए । पटकपटक ताकेता गर्दा पनि काम हुन नसकेको जनाउँदै प्रमुख चौधरीले कार्यालयले बैंक ग्यारेन्टी तान्नका लागि पत्रसमेत काटेको बताए । यसपटक पनि काम सम्पन्न नगरेको खण्डमा ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ ।  

लामो समयदेखि सडक निर्माण अलपत्र परेपछि यस क्षेत्रका नागरिक आक्रोशित बनेका छन् । समयमै सडक निर्माण नहुँदा उक्त सडकबाट तम्घासहुँदै, धुर्कोट र मदाने गाउँपालिका जाने नागरिक थप समस्यामा परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

गुल्मी तम्घासको अटो वर्कमा भीषण आगलागी

गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...

विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जना पक्राउ

विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...

जाडोबढेसँगै उत्तरी गोरखाका गाउँबस्ती सुनसान

सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...

सुन–चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौँ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्र...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending