सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चित कालिन कर्फ्यु जारी गरिएको छ । गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने क्रममा मलङ्गवा नगरपालिका वडा नं. ३ मा दुई समुदायबिच झडप भई तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन नदिन कर्फ्यु लगाइएको जानकारी दिए । प्रजिअ यादवका अनुसार अर्को आदेश नहुन्ज्यालसम्म कर्फ्यु जारी रहने छ । कर्फ्युसँगै सदरमुकाम मलङ्गवाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । शुक्रवार बिहानैबाट बजार क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले बिहीबार साँझको झडपमा केही मानिस घाइते भएका बताए । अन्य घाइते प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर घाइते हुनुभएका मलङ्गवा नगरपालिका–७, बस्ने २३ वर्षीय रुपेश यादवको वीरगञ्जमा उपचार चलिरहेको छ ।
मलङ्गवास्थित शिव सागर चोक नजिकको पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा भएको झडप नियन्त्रणका क्रममा नेपाल प्रहरीले पाँच शेल र सशस्त्र प्रहरीले तीन शेल अश्रुग्याँस प्रहार गरेको छ । दुई पक्षबिच ढुङ्गा मुढा हुन थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरी भीडलाई तितरबितर पारेको हो ।
झडपकै क्रममा एक घरमा गएको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । सदरमुकाम मलङ्गवामा यसअघि श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा पनि विवाद भइ कर्फ्यु र निषेधाज्ञा जारी गर्नुपरेको थियो ।
सामान्य बन्दै गइरहेको अवस्थामा बिहीबार साँझबाट पुनः माहौल बिग्रिएपछि कर्फ्यु आदेश जारी गरिएको बताइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: