Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

खबरडबली संवाददाता

भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिएका हुन् । बालकरामले दोस्रो पटक जिब्रो छेड्न लागेका हुन् । उनले यसअघि विसं २०७५ मा जिब्रो छेडाएका थिए ।

मध्यपुर थिमिमा वर्षको दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन गरिन्छ । बिस्का: (बिस्केट) जात्राका अवसरमा वैशाख २ गते बिहान मध्यपुर थिमि–८ बोडेमा र येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि–५ दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने परम्परा छ । सो अनुसार यस वर्ष यही असोज १२ गते थिमिमा येंयापुन्ही या म्ये प्वा खनेगु (जिब्रो छ्ड्ने) जात्रा हुँदैछ । 

बोडेको जात्राले सदियौँदेखि निरन्तरता पाइरहेको छ भने दिगुलीको जात्रा नियमित सञ्चालन हुन नसकेको स्थानीय संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । करिब दुई दशक रोकिएको यो जात्रालाई विसं २०७४ मा वीरेन्द्रभक्त श्रेष्ठले जिब्रो छेडाएर पुनर्जीवन दिएका थिए । विसं २०७५ मा बालकरामले जिब्रो छेडाएका थिए भने विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा गत वर्ष पुन: वीरेन्द्रभक्तले जिब्रो छेडाएर निरन्तरता दिएका थिए ।

बोडेको जिब्रो छेड्ने जात्रामा निश्चित मार्ग भए पनि थिमि दिगुलीमा हुने जात्राको निश्चित मार्ग नभएको श्रेष्ठले बताए । उनका अनुसार यो जात्रामा जिब्रो छेडाउने व्यक्तिले इच्छाएको मार्गमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।  “येंयापुन्ही या म्ये प्वा खनेगु जात्रामा जिब्रो छेडाएर नगर परिक्रमा गर्दा यही नै निश्चित मार्ग भन्ने छैन । विशेषगरी जिब्रो छेडाउने व्यक्तिले इच्छाए अनुसारको मार्ग तय हुन्छ,” संस्कृतिविद् श्रेष्ठले भने, “योभन्दा पहिले पनि जिब्रो छेडाएर पशुपतिनाथ र चाँगुनारायणको दर्शन र परिक्रमा गरेको इतिहास छ ।”

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बालकरामको साहसले भावी पुस्तालाई जात्राप्रति आकर्षित गर्ने र नयाँ पुस्तामा जिब्रो छेडाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । “जिब्रो छेडाएर बाँसले निर्माण गरिएको महादीप काँधमा बोकेर थिमिदेखि पशुपतिनाथको दर्शन गरी पुन: थिमिसम्म पैदल यात्रा गर्नु निकै कठिन कार्य हो”, उनले भने, “बालकरामले जुन सहास देखाउनुभएको छ, उहाँको संस्कृति प्रतिको लगाव छ, त्यसलाई उच्च सम्मान दिनुपर्छ ।” प्रमुख श्रेष्ठले नगरको मूर्त–अमूर्त कला संस्कृतिको संरक्षणमा लगानी गर्दै आइरहेको नगरपालिकाले जिब्रो छेड्ने जात्रालाई पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको बताए ।

उक्त जात्राका लागि जात्राको आठ दिन अगाडि द्य: दुसालेगु अर्थात् देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनुपर्ने रातोभालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने संस्कृतिविद् प्रदीपजामन श्रेष्ठले बताए । उनका अनुसार जात्राको चार दिनअघि थिमिको लाय्कूका प:माहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन रहेको छ । 

इन्द्रजात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजा गरी छ्वयला ब्व: भोज खुवाउने चलन रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलिपल्ट येंयापुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिनमा दुता नं ९जामा० लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा छ । 

“यस दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामन: थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ”, श्रेष्ठले भने, “पूजापश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्‍याइन्छ ।”

डबलीमा सयौँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं ९महादीप० बोक्न लगाई उसको इच्छाअनुसार नगर परिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गर्दा स्थानीय व्यक्तिहरु पनि ‘ताकुँ म्ये: ख्वामसिसें भ्वय् नय्’ भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिले इच्छाएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमी नायोले सुइरो निकालिन्छ । 

सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नास:द्य: ९नित्यनाथ० देवता परिसरको माटो राखेपछि उक्त सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिने संस्कृतिविद् श्रेष्ठको भनाइ थियो । उनका अनुसार जात्राको भोलिपल्टको बिहान नातु पूजा भनी द्य:लित तवनेगु ९विसर्जन पूजा० का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन छ ।

संस्कृतिविद् श्रेष्ठका अनुसार जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दु:ख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । “पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दु:ख दिन थालेपछि थिमिका जनतालाई सो दु:खबाट छुट्कारा

दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात् आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षसहरु यस ठाउँमा यस्ता साहसिक व्यक्तिहरु रहेको भन्दै भागेको जनश्रुति छ”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: