Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

इलाम–२ मा सुहाङ की झलनाथ ?

खबरडबली संवाददाता

काठमाडौं । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गिए सुवास नेम्वाङको निधन भए सँगै  इलाम क्षेत्र नं. २ प्रतिनिधीसभामा  निर्वाचन क्षेत्र जनप्रतिनिधि विहीन भएकाे छ  ।

यतिबेला उक्त क्षेत्रमा उपनिर्वाचनमार्फत कसलाई पठाउने भन्नेमा राजनीतिक कसरत सुरु भइसकेको छ । स्वभाविक रुपमा नेम्वाङका छोरालाई एमालेले इलाम २ को उम्मेदवारको दावेदार मानि रहेकाे छ ।  यता पुर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानीत नेता झलनाथ खनाललाई उम्मेदवार बनाउनेसम्मको कसरत थालेको छ ।

नेकपा एमालेले नेम्वाङको स्मृतिमा मंगलबार सातवटै प्रदेश तथा केन्द्रमा कार्यक्रमको आयोजना गर्यो । मंगलबारनै इलाममा आयोजित कार्यक्रममा सुवास नेम्वाङका कान्छा छोरा सुहाङ पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै इलामेली जनताले दिएको साथ समर्थनका लागि धन्यवाद मात्र दिएनन्, बाबुको विरासत धान्न राजनीतिमा आउने संकेत समेत गरेका छन् ।

केहिदिनअघि एमाले नेताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुग्दा आभार प्रकट गर्दै सुहाङले पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । सुहाङले यस्तो बताएपनि नेकपा एमालेको इरादा केहि फरक देखिएको छ । एमालेले सुहाङ होइन, २ बर्ष अघि पार्टी फुटाएर अलग्गिएका झलनाथ खनाललाई टिकट दिएर उम्मेदवार बनाउने तयारी थालेको बताईएको छ ।

नेकपा एकिकृत समाजवादीभित्र पछिल्लो समय चर्को असन्तुष्टी जनाइरहेका झलनाथलाई पार्टीमा फर्काउने प्रयासस्वरुप चुनावको टिकट दिने रणनीति एमालेले बनाएको  एमाले स्राेतले जनाएकाे छ । झलनाथलाई भित्र्याउन सके उनिसहित अधिकांस केन्द्रीय सदस्य र एकिकृत समाजावादीका १० मध्ये ७ जनासम्म सांसद एमाले फर्किने विश्वास एमालेको छ ।

पार्टि विभाजनपछि एमाले अध्यक्ष केपी ओलीसँग पानी बाराबारको अवस्थामा रहेका नेता खनाललाई एमालेले मंगलबार आयोजना गरेको सुवास नेम्वाङको स्मृतिमा सुवास र संविधान विषयक प्रवचन कार्यक्रममा आमन्त्रण गर्यो ।  खनालले हार्दिकताका साथ कार्यक्रममा सहभागिता जनाए । विभाजनपति सम्भवत पहिलो पटक एमाले अध्यक्ष केपी ओलीसँग एउटै मञ्चमा एउटै सोफामा हार्दिकताका साथ बसिरहेको देखिएका थिए ।

विचलित भइरहेको नेकपा एकिकृत समाजवादीमा चर्को असन्तुष्टी देखिइरहेका बेला एमालेले टिकटको प्रलोभन देखाएर सम्मानीत नेता खनाललाई नै आकर्षण गर्ने जाल बुनेको छ । सुन्दा अनोठो लागेपनि एमालेको यो कसरत सफल हुने सम्भाना उत्तिकै बलीयो देखिएको छ । कांग्रेस र माओवादीसँग गठबन्धन गरेर अगाडी बढिरहेको एकिकृत समाजवादिभित्र झलनाथ खनाल असन्तुष्ट रहँदै आएका छन् ।

स्थानीय निर्वाचन, संघको निर्वाचनमा एकिकृत समाजवादी नराम्ररी पराजित हुँदा खनाल स्वयं प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी हारेका थिए । त्यसयता कांग्रेससँगको सहकार्य नफापेको बताउँदै झलनाथले बरु एमालेसँगै सहकार्य गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

पछिल्लो समय नेकपा एकिकृत समाजवादीमा अध्यक्ष नेपालसँग झलनाथको असन्तुष्टी चुलिँदै गएको छ । यसका लागि खनाल नेपालको पछिल्लो शक्ति संघर्षका बारेमा थोरै चर्चा गरौँ । भाद्र ५ देखि ७ गतेसम्म बसेको छैटौँ केन्द्रीय कमिटी र १७–१८ गते बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयनका लागि जारी गत भदौ २८ गते अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशीका जारी गर्यो ।

केन्द्रीय कमिटी र सचिवालय बैठकभन्दा बाहिर गएर अपानी जारी गरेको भन्दै अध्यक्ष नेपालप्रति झलनाथले आगो ओकल्दै आएका छन् । अध्यक्ष नेपालले भाद्र २८ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा आफु निकट २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । छैटौँ केन्द्रीय कमिटी बैठकमा जबजलाई बोकेर जाने माधव नेपालको प्रस्तावप्रति खनालले तीब्र असन्तुष्टी जनाएका थिए ।

हालको कांग्रेसँगको गठबन्धन सरकारबाट बाहिरिनुपर्ने भन्दै खनाल समुहले अध्यक्ष नेपाललाई ¥याख¥याख्ती पारेका थिए । एकिकृत समाजवादीले आगामी पुसमा महाधिवेशनको तयारी गरेको छ । महाधिवशेनमा आफैँ अल्पमतमा पर्ने देखिएपछि अध्यक्ष नेपाल अहिले तनावमा देखिएका छन् । पार्टीमा आफ्नो शक्ति विस्तारकै लागि भर्खरै पार्टीमा प्रवेश गरेकालाई समेत नेपालले जिम्मेवारीमा तानेका छन् ।

अनेरास्ववियुको अध्यक्षबाट बिदा भएलगत्तै सुदेश पराजुली केन्द्रीय सदस्य मनोनित हुँदा उनिसँगै बिदा भएका उपाध्यक्ष ओसिम आलम मनोनित भएनन् । अध्यक्षले एकलौटी ढंगले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै खनाल अझ चिढिएका छन् ।

यसरी पार्टीमा चर्को अन्तरसंघर्षका बेला खनालको एमाले फिर्ता हुने विषय असम्भव नरहेको नेताहरुले बताउने गरेका छन् ।  खनाल आउँदा उनीसँगै ठुलो समुह एमाले भित्रिने हुँदा इलाममा टिकट दिएरै भएपनि उनलाई फकाउने प्रयास एमाले नेताहरुले थालेका छन् । खनाल राजी भए नेम्वाङका छोरा सुहाङलाई एमालेले कसरी थमथम्याउला, त्यो भने चासोको विषय हुने छ ।

२०५६ को निर्वाचनबाट लगातार निर्वाचित हुँदै आएका नेम्वाङका ठाउँमा सहानुभूतिका लागि पनि उनका छोरालाई इलामेली जनताले पत्याउने आधार भने बाँकी छ । तर इलामबाट एमालेकै उम्मेदवारसँग पराजित भएका खनाललाई जनताले कति पत्याउँछन् वा पत्याउँदैनन्, त्यो भने उनी उम्मेदवार बने देखिएला ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending