Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

इलाम–२ मा सुहाङ की झलनाथ ?

खबरडबली संवाददाता

काठमाडौं । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गिए सुवास नेम्वाङको निधन भए सँगै  इलाम क्षेत्र नं. २ प्रतिनिधीसभामा  निर्वाचन क्षेत्र जनप्रतिनिधि विहीन भएकाे छ  ।

यतिबेला उक्त क्षेत्रमा उपनिर्वाचनमार्फत कसलाई पठाउने भन्नेमा राजनीतिक कसरत सुरु भइसकेको छ । स्वभाविक रुपमा नेम्वाङका छोरालाई एमालेले इलाम २ को उम्मेदवारको दावेदार मानि रहेकाे छ ।  यता पुर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानीत नेता झलनाथ खनाललाई उम्मेदवार बनाउनेसम्मको कसरत थालेको छ ।

नेकपा एमालेले नेम्वाङको स्मृतिमा मंगलबार सातवटै प्रदेश तथा केन्द्रमा कार्यक्रमको आयोजना गर्यो । मंगलबारनै इलाममा आयोजित कार्यक्रममा सुवास नेम्वाङका कान्छा छोरा सुहाङ पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै इलामेली जनताले दिएको साथ समर्थनका लागि धन्यवाद मात्र दिएनन्, बाबुको विरासत धान्न राजनीतिमा आउने संकेत समेत गरेका छन् ।

केहिदिनअघि एमाले नेताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुग्दा आभार प्रकट गर्दै सुहाङले पिताले गर्न बाँकी काम धेरै रहेकोले ती काम पूरा गर्न पार्टीले आत्मबल प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । सुहाङले यस्तो बताएपनि नेकपा एमालेको इरादा केहि फरक देखिएको छ । एमालेले सुहाङ होइन, २ बर्ष अघि पार्टी फुटाएर अलग्गिएका झलनाथ खनाललाई टिकट दिएर उम्मेदवार बनाउने तयारी थालेको बताईएको छ ।

नेकपा एकिकृत समाजवादीभित्र पछिल्लो समय चर्को असन्तुष्टी जनाइरहेका झलनाथलाई पार्टीमा फर्काउने प्रयासस्वरुप चुनावको टिकट दिने रणनीति एमालेले बनाएको  एमाले स्राेतले जनाएकाे छ । झलनाथलाई भित्र्याउन सके उनिसहित अधिकांस केन्द्रीय सदस्य र एकिकृत समाजावादीका १० मध्ये ७ जनासम्म सांसद एमाले फर्किने विश्वास एमालेको छ ।

पार्टि विभाजनपछि एमाले अध्यक्ष केपी ओलीसँग पानी बाराबारको अवस्थामा रहेका नेता खनाललाई एमालेले मंगलबार आयोजना गरेको सुवास नेम्वाङको स्मृतिमा सुवास र संविधान विषयक प्रवचन कार्यक्रममा आमन्त्रण गर्यो ।  खनालले हार्दिकताका साथ कार्यक्रममा सहभागिता जनाए । विभाजनपति सम्भवत पहिलो पटक एमाले अध्यक्ष केपी ओलीसँग एउटै मञ्चमा एउटै सोफामा हार्दिकताका साथ बसिरहेको देखिएका थिए ।

विचलित भइरहेको नेकपा एकिकृत समाजवादीमा चर्को असन्तुष्टी देखिइरहेका बेला एमालेले टिकटको प्रलोभन देखाएर सम्मानीत नेता खनाललाई नै आकर्षण गर्ने जाल बुनेको छ । सुन्दा अनोठो लागेपनि एमालेको यो कसरत सफल हुने सम्भाना उत्तिकै बलीयो देखिएको छ । कांग्रेस र माओवादीसँग गठबन्धन गरेर अगाडी बढिरहेको एकिकृत समाजवादिभित्र झलनाथ खनाल असन्तुष्ट रहँदै आएका छन् ।

स्थानीय निर्वाचन, संघको निर्वाचनमा एकिकृत समाजवादी नराम्ररी पराजित हुँदा खनाल स्वयं प्रतिनिधि सभा निर्वाचनमा नराम्ररी हारेका थिए । त्यसयता कांग्रेससँगको सहकार्य नफापेको बताउँदै झलनाथले बरु एमालेसँगै सहकार्य गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

पछिल्लो समय नेकपा एकिकृत समाजवादीमा अध्यक्ष नेपालसँग झलनाथको असन्तुष्टी चुलिँदै गएको छ । यसका लागि खनाल नेपालको पछिल्लो शक्ति संघर्षका बारेमा थोरै चर्चा गरौँ । भाद्र ५ देखि ७ गतेसम्म बसेको छैटौँ केन्द्रीय कमिटी र १७–१८ गते बसेको सचिवालय बैठकको निर्णय कार्यान्वयनका लागि जारी गत भदौ २८ गते अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशीका जारी गर्यो ।

केन्द्रीय कमिटी र सचिवालय बैठकभन्दा बाहिर गएर अपानी जारी गरेको भन्दै अध्यक्ष नेपालप्रति झलनाथले आगो ओकल्दै आएका छन् । अध्यक्ष नेपालले भाद्र २८ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा आफु निकट २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । छैटौँ केन्द्रीय कमिटी बैठकमा जबजलाई बोकेर जाने माधव नेपालको प्रस्तावप्रति खनालले तीब्र असन्तुष्टी जनाएका थिए ।

हालको कांग्रेसँगको गठबन्धन सरकारबाट बाहिरिनुपर्ने भन्दै खनाल समुहले अध्यक्ष नेपाललाई ¥याख¥याख्ती पारेका थिए । एकिकृत समाजवादीले आगामी पुसमा महाधिवेशनको तयारी गरेको छ । महाधिवशेनमा आफैँ अल्पमतमा पर्ने देखिएपछि अध्यक्ष नेपाल अहिले तनावमा देखिएका छन् । पार्टीमा आफ्नो शक्ति विस्तारकै लागि भर्खरै पार्टीमा प्रवेश गरेकालाई समेत नेपालले जिम्मेवारीमा तानेका छन् ।

अनेरास्ववियुको अध्यक्षबाट बिदा भएलगत्तै सुदेश पराजुली केन्द्रीय सदस्य मनोनित हुँदा उनिसँगै बिदा भएका उपाध्यक्ष ओसिम आलम मनोनित भएनन् । अध्यक्षले एकलौटी ढंगले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको भन्दै खनाल अझ चिढिएका छन् ।

यसरी पार्टीमा चर्को अन्तरसंघर्षका बेला खनालको एमाले फिर्ता हुने विषय असम्भव नरहेको नेताहरुले बताउने गरेका छन् ।  खनाल आउँदा उनीसँगै ठुलो समुह एमाले भित्रिने हुँदा इलाममा टिकट दिएरै भएपनि उनलाई फकाउने प्रयास एमाले नेताहरुले थालेका छन् । खनाल राजी भए नेम्वाङका छोरा सुहाङलाई एमालेले कसरी थमथम्याउला, त्यो भने चासोको विषय हुने छ ।

२०५६ को निर्वाचनबाट लगातार निर्वाचित हुँदै आएका नेम्वाङका ठाउँमा सहानुभूतिका लागि पनि उनका छोरालाई इलामेली जनताले पत्याउने आधार भने बाँकी छ । तर इलामबाट एमालेकै उम्मेदवारसँग पराजित भएका खनाललाई जनताले कति पत्याउँछन् वा पत्याउँदैनन्, त्यो भने उनी उम्मेदवार बने देखिएला ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...

​ यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: