Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म थपियो

खबरडबली संवाददाता

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ ।

किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा।अभियान गौतमले जानकारी दिए ।

अब असोज ६ गते शनिबारदेखि १० गते वुधबारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो ।

डा।गौतमले खोप लगाउने समयावधिमा शनिवार, शोक बिदा, बाल दिवस, तिज, शिक्षक आन्दोलन लगायतका कारण व्यवधान आएकाले अभियान प्रभावकारी हुन नसकेको बताए ।

उनले भने, ‘ केही स्थानमा खोपको कभरेज राम्रो भएको छैन । कभरेज नहुनुको कारण चाहीँ एक दिन बिराएर बिदा पनि परेको थियो । शनिवार, शोक बिदा भयो, बाल दिवस भयो, तिज भयो । यस्तो कारणले गर्दा चाहीँ बिदामा त्यती राम्रो कभरेज गर्न सकेनौँ । त्यो कारणले पनि केही किशोरी खोप लगाउनबाट वञ्चित भए । र, अहिले स्कुलपनि हड्ताल छ । स्कुलबाट आउने बच्चाहरुलाई पनि अलिक अफ्ठ्यारो भएको छ । यावत कारणले हामीले पाँच दिन फेरि थप गर्ने निर्णय गरेका छौँ । पाँच दिनमा सम्भवत: सबै जिल्लामा सबै प्रदेशको ठाउँमा नहुन पनि सक्छ । कुनै ठाउँमा छिटै खोप सकिन पनि सक्छ ।’

देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरुको संख्या साढे तीन लाख रहेको छ । ती मध्ये डेमोष्ट्रेसन ९नमूना० स्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ९ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो ।

खोप २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशत, मधेसमा ५६ प्रतिशत, वागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बीनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपीभि खोप लगाएका छन् ।

सरकारले गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालवाट एचपिभी खोप अभियानको डेमोष्ट्रेसन गरेको थियो ।

कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, वागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending