Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

‘एचपीभी खोप’ लगाउने समयावधि असोज १० गतेसम्म थपियो

खबरडबली संवाददाता

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ ।

किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा।अभियान गौतमले जानकारी दिए ।

अब असोज ६ गते शनिबारदेखि १० गते वुधबारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो ।

डा।गौतमले खोप लगाउने समयावधिमा शनिवार, शोक बिदा, बाल दिवस, तिज, शिक्षक आन्दोलन लगायतका कारण व्यवधान आएकाले अभियान प्रभावकारी हुन नसकेको बताए ।

उनले भने, ‘ केही स्थानमा खोपको कभरेज राम्रो भएको छैन । कभरेज नहुनुको कारण चाहीँ एक दिन बिराएर बिदा पनि परेको थियो । शनिवार, शोक बिदा भयो, बाल दिवस भयो, तिज भयो । यस्तो कारणले गर्दा चाहीँ बिदामा त्यती राम्रो कभरेज गर्न सकेनौँ । त्यो कारणले पनि केही किशोरी खोप लगाउनबाट वञ्चित भए । र, अहिले स्कुलपनि हड्ताल छ । स्कुलबाट आउने बच्चाहरुलाई पनि अलिक अफ्ठ्यारो भएको छ । यावत कारणले हामीले पाँच दिन फेरि थप गर्ने निर्णय गरेका छौँ । पाँच दिनमा सम्भवत: सबै जिल्लामा सबै प्रदेशको ठाउँमा नहुन पनि सक्छ । कुनै ठाउँमा छिटै खोप सकिन पनि सक्छ ।’

देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरुको संख्या साढे तीन लाख रहेको छ । ती मध्ये डेमोष्ट्रेसन ९नमूना० स्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ९ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो ।

खोप २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशत, मधेसमा ५६ प्रतिशत, वागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बीनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपीभि खोप लगाएका छन् ।

सरकारले गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालवाट एचपिभी खोप अभियानको डेमोष्ट्रेसन गरेको थियो ।

कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, वागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending