Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

चिनी लगायत खाद्यसामाग्रीको मूल्य बढाएपछि गोप्य ‘टास्क फोर्स’ परिचालन

खबरडबली संवाददाता

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि बजारमा दुईवटा ‘टास्क फोर्स’ परिचालन गरेको छ । विभागले कर्मचारीको पहिचान नखुल्ने गरि गोप्य रुपमा यो टास्क फोर्स परिचालन गरेको हो ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार पछिल्लो समयमा व्यापारीले आफूखुशी चिनीको उपभोक्ता मूल्य तोकेर महँगीको भार थपेको भन्दै विभागले गोप्य रुपमा अध्ययन गरि कारवाही गर्न यस्तो टास्क फोर्स परिचालन गरेको हो ।

कर्मचारीको परिचय नखुल्ने गरि टास्क फोर्समा कर्मचारीलाई आवद्ध गरि शुक्रबारदेखि परिचालन गरिएको र यो टास्क फोर्समा सहभागी भएका कर्मचारी ग्राहकको रुपमा पनि हुन सक्न्े बताउँदै कोही कर्मचारी सफाइ कर्मचारीको रुपमा पनि हुन सक्न्े बताए । कसैले चिन्न नसक्ने गरि परिचालन गरिएको उनले बताए । 

विभागका अनुसार टास्क फोर्समा आवद्ध कर्मचारीलाई चिनीसहित चामल, तेल, दाललगायतका बस्तुको कारखाना, मुख्य गोदामहरु, थोक बिक्रेता तथा खुद्रा विक्रेतालाई निगरानी गर्न परिचालन गरिएको हो । विभागले कारखानादेखि खुद्रा व्यापारीसम्मको तहमा रहेको उपभोग्य बस्तुको भण्डारणको अवस्था र कुन तहमा कसले कति मूल्य वृद्धि गरिरहेको छ लगायतका विषयमा गोप्य रुपमा अध्ययन गर्न टास्क फोर्सलाई जिम्मेबारी दिएको छ ।

अहिलेसम्म टास्क फोर्समार्फत चिनीसहित अत्यावश्यक वस्तु लुकाएर स्टक राखेको र कुन तहमा कसले कति मूल्य वृद्धि गरेको बिषयमा करिब २० जना व्यापारी र फर्म पहिचान गरिसकेको उनले बताए । पहिचान भएको स्थानमा निकट समयमै छापामा मारेर आवश्यक कारवाही अघि बढाउने उनको भनाइ छ ।

पछिल्लो समयमा बजारमा अराजक गतिविधि बढ्दै गएको बताउँदै विभागले उक्त बिषयमा गहन रुपमा अध्ययन गर्न शुक्रबार नै एउटा कार्यदलसमेत गठन गरेको छ । विभागको उपसचिव अच्युत रेग्मीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको हो । यो कार्यदललाई ५ दिनभित्र अध्ययन गरि प्रतिवेदन बुझाउन समयसीमा निर्धारण गरिएको छ ।

चिलुवालका अनुसार चिनीको कारखाना र कारखाना मूल्य, आयातकर्ताले आयात गर्दा आयातित मूल्य, थोक विक्रेताको मूल्य, खुद्रा विक्रेताको मूल्य र मौज्दात परिमाणको विषयमा स्थलगत अध्ययन गरि प्रतिवेदन बुझाउने जिम्मेबारी उक्त कार्यदललाई दिइएको हो ।

‘कुन तहमा कसले बढि स्टक राख्ने र कसले कति मूल्य बृद्धि गर्दैआएका छन, त्यो बिषयमा अध्ययन गर्न यो कार्यदल गठन गरेका हौं,’ चिलुवालले भने ।

यसवाहेक शुक्रबारदेखि नै विभागले चाडवाड केन्द्रित १० वटा संयुक्त विशेष अनुगमन टोली बजारमा परिचालन गरेको छ । विभागले खाद्य प्र्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, पशु सेवा विभाग, कृषि विभाग, राजस्व अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालयलगायतको सहकार्यमा यो अनुगमन गर्न सुरु गरेको हो ।

यो टोलीलाई माछामासु, खाद्य पदार्थ, खानेतेल, पानी, दूध तथा दुग्धजन्य पदार्थ, लत्ताकपडा, औषधी, तरकारी, सिमेन्ट, रडलगायतको गुणस्तर, तौल, बिल बिजक, म्याद भए नभएको, बढि मूल्य असुल गरेको बिषयमा अनुगमन गर्न जिम्मेबारी दिइएको विभागले जनाएको छ ।

यस्तै विभागले शुक्रबार नै देशभरकै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी र नगरपालिका र गाउँपालिकाका प्रशासकीय अधिकृतलाई बजार अनुगमन गर्ने अधिकार प्रत्योजन गरि पत्र पठाएको छ ।

प्रदेशस्थित उद्योग, वन, पर्यटन मन्त्रालयलाई पनि आ आफ्नो कार्य क्षेत्रमा कडाईका साथ अनुगमन गरिदिनका लागि आवश्यक टोली परिचालन गर्नसमेत विभागले प्रदेश मन्त्रालयहरुलाई पत्र पठाएर आग्रह गरेको छ ।

‘पछिल्लो समयमा व्यापारीहरुले आफूखुशी मूल्य निर्धारण गरि आम उपभोक्तालाई सास्ती दिएकाले विभाग त्यस्ता व्यापारीमाथि ऐनअनुसार निर्मम कारवाहीको दायरा बढाउन लागेको छ,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: