Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

मलङ्गवामा बिहीबारदेखीकाे कर्फ्यु जारी, कडा सुरक्षाबिच मूर्ति विसर्जन

खबरडबली संवाददाता

सर्लाही  । सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा शिव सागर चोक नजिकको पोखरीमा सबै स्थानका मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो ।

मूर्ति विसर्जन गर्न लैजाने क्रममा बिहीबार साँझ दुई समुदायबिच झडप भएपछि सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्नुपरेको थियो ।  बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु शनिवार पनि जारी नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्फ्यु हटाउने वा नहटाउने भन्नेबारेमा निर्णय गर्न शनिवार जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ । 

सुरक्षा अवस्थाबारे समिक्षा पश्चात कर्फ्युबारे निर्णय हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  बताए । निरन्तरको कर्फ्युका कारण मलङ्गवाको जनजीवन भने कष्टकर बन्दै गएको छ । अहिले जिल्लामा हाटबजार बन्द छन् । सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा ठप्प जस्तै रहेकाले अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । झडप रोक्न बिहीबार साँझदेखि नै निरन्तर बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । जिल्लाभरका युनिटबाट थप मद्दत टोली मलङ्गवा उतारिएको छ । 

सुरक्षा स्रोतबाट प्राप्त जानकारी अनुसार ठुलो सङ्ख्यामा नेपाली सेना समेत तयारी हालतमा मलङ्गवामै लगेर राखिएको छ । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुका अनुसार शुक्रवार साँझ ७ बजेभित्र मूर्ति विसर्जनपश्चात् मलङ्गवा बजार क्षेत्रको अवस्था सामान्य नै छ । 

थारुले शुक्रवार राति कुनै पनि किसिमका प्रदर्शन नभएको बताउनुभयो । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ढुङ्गा मुढासहित प्रदर्शन उग्र बनेपछि प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस र केही राउन्ड हवाई फायर गरेको थियो । 

शुक्रवार नै बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले शान्ति भङ्ग गर्ने कार्यमा संलग्न दोषीलाई पक्राउ गरी कानुन बमोजिमको कारबाही गर्ने निर्णय गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending