Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै

खबरडबली संवाददाता

गण्डकी । गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो ।

गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन । पशुकल्याणका क्षेत्रमा क्रियाशील संस्था ‘स्नेहाज केयर’ सँगको सहकार्यमा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले अग्रसरता लिएको हो ।

लअसल अभ्यासमार्फत पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि, उत्पादनको स्वच्छता अभिवृद्धि र आर्थिक लाभ बढाउन गाईभैँसीको कल्याणमा जोड दिइएको हो । घरायसी प्रयोजनका लागि पालिने गाईबस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरि मापदण्ड बनाइएको हो ।

पशु सेवा तालिम केन्द्रका प्रमुख डा गृष्म न्यौपानले व्यावसायिक रुपमा पालिएका गाईभैँसीको सुविधा र कल्याणका लागि मापदण्ड जारी गरिएको उल्लेख गरे । सो मापदण्डले गाईभैँसीलाई भाक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, पीडा, चोटपटक र रोग व्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरि बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको उनको भनाइ छ । 

“गाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने र उनीहरुप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी र उत्तरदायित्वलाई मापदण्डले समेटेको छ”, डा।न्यौपानेले भने, “व्यावसायिक गाईभैँसी फार्ममा केन्द्रित गरिएको भए पनि यो समग्र पशुपक्षीको कल्याणसँग सम्बन्धित विषय हो, यसको दायरा क्रमश: विस्तारित हुँदै जान्छ ।”

उनले पशुकल्याण विधेयक सङ्घीय संसद्मा पुगेको अवस्थामा त्यसको कार्यान्वयनको वातावरण तयार गर्न यो मापदण्डले किसान र सम्बद्ध संस्थालाई प्रेरित गर्ने विश्वास व्यक्त गरे । मन्त्रालयले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७७ ले दिएको अधिकार प्रयोग गरि गाईभैँसी कल्याण मापदण्ड बनाएको हो ।

मापदण्डमा आहार, गोठ व्यवस्थापन, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीलगायतका विषय उल्लेख छन् । नवजात पाडापाडी र बाच्छाबाच्छीलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, फाल्ने आदि गरेमा पशुप्रति निर्दयी व्यवहार भएको ठहर्ने डा न्यौपानेले बताए । उनका अनुसार गाईभैँसीलाई घाउचोट लाग्ने गरि हिकार्उन, नाक, खुट्टा बाँध्न, पुच्छर बटार्न र छाडा छोड्न पाइँदैन । 

गाईभैँसीलाई तापजन्य असुविधा हुन नदिन गर्मी याममा पङ्खा या फोगर र जाडो याममा थप सोत्तरको व्यवस्था गर्नुपर्ने जनाइएको छ । पशुलाई उठ्न, बस्न र घुम्न पुग्ने गरी गोठको व्यवस्था गर्नुपर्ने, खसी नपारेको भाले पशु र पोथी पशुलाई छुट्टै राख्नुपर्ने, गोठसम्म परेको, सफा, सुख्खा र प्रकाश छिर्ने गरि बनाउनुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्तै गाईभैँसी तर्सने गरी गोठ र वरपर कुनै गतिविधि गर्न नहुने, दूध नदिएको वा लुकाएको बहानामा पशुलाई पिट्न वा तर्साउन नपाइने, आवश्यकताअनुसार चरन र घाँस परालका अतिरिक्त प्रयाप्त मात्रामा सन्तुलित आहार उपलब्ध गराउनुपर्ने जनाइएको छ । पशुलाई सङ्क्रामक रोग विरुद्ध खोप र नियमित रुपमा थुनेलो परीक्षण गराउनुपर्ने, पशुको गोठ र वरपर तिखो तथा धारिलो औजार राख्न नहुने मापदण्डमा उल्लेख छ ।

उत्पादनशील जीवन पार गरेका, थुनेलोका कारण चारवटै थुन दूध नदिने भएका, प्रजनन सम्बन्धी रोगका कारण थलिएका गाईभैँसीलाई कालगतिले नमरेसम्म स्याहार गर्नु पशुधनीको दायित्व र कर्तव्य हुनेछ भनिएको छ । गाईवस्तुको ढुवानी गर्दा घाउचोट लाग्नबाट जोगाउनुपर्ने मापदण्डमा उल्लेख छ । प्रचण्ड गर्मी, वर्षा, आँधिबेहरी, असिना, हिमपात जस्तो प्रतिकुल मौसममा ढुवानी गर्न नहुने जनाइएको छ । 

मादपण्डले घाँसपातबाहेक गाईभैँसीलाई दिनुपर्ने सन्तुलित दानाको परिमाण पनि तोकेको छ । कोरली र थोरेलाई दैनिक साढे एक किलो, थारो भैँसीलाई तीन किलो, ब्याउने माग गाईभैँसीलाई तीन किलो, दुहुनो माउलाई दैनिक १० लिटरसम्म दूध दिनेलाई तीन किलो र त्योभन्दा बढी दूध दिनेलाई साढे दुई लिटर दूध बराबर थप एक किलो दाना उपलब्ध गराउनुपर्ने उल्लेख छ । निवृत्त पुशलाई भने दैनिक एक किलो मात्रा सन्तुलित दाना दिनुपर्ने जनाइएको छ । 

‘स्नेहाज केयर’का संस्थापक स्नेहा श्रेष्ठले पशुकल्याणको अभियानलाई गण्डकी प्रदेश सरकारले अपनत्व लिएकामा खुसी व्यक्त गरेकी छन् । “पशुकल्याणसम्बन्धी अहिलेसम्म कानून बन्न नसकिरहेको स्थितिमा आवाजविहीन प्राणीको आवाज बन्नका लागि गण्डकी प्रदेशबाट एउटा सुखद् सुरुआत भएको छ”, उनले भनिन्, “पशुपक्षीलाई पनि मानवताको व्यवहार चाहिन्छ, खुसी र स्वतन्त्रतापूर्वक बाँच्न पाउने उनीहरुको अधिकारको संरक्षण हुनुपर्छ ।”

कानूनी प्रबन्ध नभएका कारण हिंसा र अत्याचारमा परेका पशुपंक्षीको न्याय चुनौतीपूर्ण बनिरहेको संस्थापक श्रेष्ठले भनिन् । “पशुपक्षीमाथि हुने अपराध र निर्दयी व्यवहारका विरुद्ध उजुरी लिएर जाँदा पनि दर्ता नहुने अवस्था छ, समाजले पनि पशु अधिकारलाई हलुका रुपमा लिइरहेको हुन्छ”, उनले भनिन्, “पशुपक्षीको हकहित र कल्याणका बारेमा जनस्तरमा ज्ञान र सचेतना अभिवृद्धि गर्नु आवश्यक छ ।”

उनले मन्त्रालयसँग मिलेर मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि अभियान सञ्चालन गरिने बताइन् । त्यसका लागि मन्त्रालय र स्नेहाज केयरबीच समझदारीपत्रमासमेत हस्ताक्षर भइसकेको छ । मापदण्ड कार्यान्वयनका लागि अनुगमन संयन्त्र बनाइने र पशुकल्याणको अवस्थाबारे पनि नियमित मूल्याङ्कन हुने मन्त्रालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending