जानकी । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीस्थित बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले विद्यार्थीलाई प्रकृति र वनयजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको छ । शुक्रबार निकुञ्ज संरक्षणमा रहेको अर्जुनवाण गणको संयोजनमा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका पाँच विद्यालयका छात्रछात्रालाई प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गराएको हो ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई निकुञ्जसम्बन्धित चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रमको पनि आयोजना गरिएको थियो । निकुञ्ज सुरक्षामा खटिएको अर्जुनवाण गणका गणपति एवं प्रमुख सेनानी अशोक खड्काले आगामी दिनहरुमा विद्यालय सञ्चालक र विद्यार्थीसँग यस्ता कार्यक्रम निरन्तररुपमा गरिने जानकारी दिए ।
“प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी विषयमा विद्यार्थी सचेत रहन आवश्यक भएकाले हामीले यस्ता कार्यक्रम गरेका हौँ”, गणपति खड्काले भने, “यसलाई निरन्तरता दिनका लागि आगामी दिनमा हामीले सम्बन्धित पक्षसँग सहकार्य पनि गर्नेछौँ ।”
कार्यक्रममा सहभागी विद्यार्थीले पनि प्रकृति र वन्यजन्तु संरक्षणसम्बन्धी आफूहरुले धेरै कुरा सिक्न पाएको बताएका थिए । कार्यक्रममा चित्रकला प्रतियोगितामा राप्ती सोनारी– ८ स्थित शिवशक्ति माविकी छात्रा रोजीना थारु प्रथम, भगवती आधारभूत विद्यालयका छात्र यमलाल कुवँर द्वितीय, शिव शक्ति मध्यामिक विद्यालयका छात्रा समीक्षा थारु तृतीय र चौथो पुरस्कार भगवती आधारभूत विद्यालयका छात्रा वेसिना पुनले प्राप्त गरेका हुन् ।
प्रतियोगितामा विजेता छात्रछात्रालाई राप्ती सोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगी, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनका लागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न सङ्घसंस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तक पनि उपलब्ध गराइएको थियो ।
चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भू–परिधि कार्यक्रम ९ताल० लगायतले सहकार्य गरेका थिए । कार्यक्रममा एक सय नौ जना विद्यार्थी सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: