झापा । भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर तरकारी खेतीका लागि तीन टनेल निर्माण तथा सेक्युरिटी गार्डका लागि भवन निर्माण गरेको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई लक्षित गरेर स्थापना गरिएका संरचना हाल प्रयोगविहीन भएको पालिकाका पूर्व प्रमुख जीवन श्रेष्ठले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । उक्त जग्गामा तरकारी नभई झार जङ्गलले छोपेको उनको भनाइ थियो ।
विसं २०७७ मा वडा नं १ को कार्यालय अगाडि संरचना निर्माण गरिएको जनाउँदै उक्त जग्गा नगरपालिकाको रहेको श्रेष्ठले बताए । उनका अनुसार पालिकाले सो स्थानमा तरकारी र फूलखेतीलाई सिञ्चित गर्नका लागि दुई वटा बोरिङ समेत गाडेर भूमिगत पानी निकालेको थियो ।
“हामीले श्रमिकलाई आयआर्जनमा जोडेर उनीहरुको जीवनस्तर उकास्ने र कृषि तालिम सेन्टरको रुपमा विकास गर्ने, आइपीएम कक्षा सञ्चालन गर्ने योजनाका साथ संरचना तयार गरेका थियौँ”, पूर्व प्रमुख श्रेष्ठले भने, “तर कर्मचारीको अकर्मण्यताले प्रयोगविहीन बन्यो ।” वर्षातको समयमा समेत पानी नजम्ने र तरकारी खेतीका उपयुक्त जमिन रहेकाले पालिकाले तत्काल सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेले एक वर्ष मात्र उक्त जमिन बाँझो रहेको बताउँदै हाल सयपत्री फूलको बेर्ना र बोडी खेती भइरहेको जानकारी दिए । उनले पालिकाको कृषि शाखाले श्रमिकको सहयोगमा हाल दुई कठ्ठा जमिनमा सयपत्री फूलको बेर्ना र आठ कठ्ठा जमिनमा मलसिङ ९प्लास्टिक ओछ्याएर० प्रविधिको प्रयोग गरेर बोडी खेती गरिरहेको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका कार्यक्रम विपन्न परिवारका लागि अल्पकालीन भएकाले उनीहरुको दीर्घकालीन आयस्रोत गराउने उद्देश्यले यो परियोजना सुरु गरिएको पाण्डेको भनाइ थियो । “उनीहरुले दुई वर्षसम्म लगानी गरेर तरकारी उत्पादन गरे, राम्रो उत्पादन भयो”, उनले भने, “बजारीकरणको समस्याका कारण लगानी डुब्ने डरले गतवर्ष काम गरेनन् । पुन: अहिले कृषि शाखाको अगुवाइमा काम सुरु गरेका छौँ ।”
पाण्डेका अनुसार नमुना कृषि पाठशालाको रुपमा यस स्थानलाई विकास गरेर पालिकाभरिका किसानलाई आवश्यक पर्ने कृषिजन्य वस्तुको बेर्ना उत्पादन र वितरण गर्ने योजना अनुरुप पूर्व नगरप्रमुख श्रेष्ठले यसको स्थापना गरेका थिए । यहाँबाट उत्पादन गरिएका तरकारीलगायत कृषिजन्य वस्तुको बजारीकरण पालिकाले निर्माण गरेका सटरमा राखेर बिक्री गरिने उनले बताए । उनले भारतीय तरकारीलाई विस्थापित गरेर नगरमै अर्ग्यानिक तरकारी उत्पादन गर्ने अबको लक्ष्य रहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: