Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

धुलिखेलका महिलालाई जापनिज भाषा र सीप

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन  महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग  छमहिने सम्झौता गरेको थियो ।

सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइने र रोजगारीमा सिकेको सीपलाई प्रयोग गरी धुलिखेलमा जापानिज प्रविधिमा कृषि उत्पादन तथा सिकाइ गर्नुपर्ने उल्लेख गरिएको छ । सोहीअनुसार जापानिज भाषा तथा सीप कक्षाको गत वैशाखदेखि सुरुआत गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । 

“सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने भएकाले प्रारम्भिक चरणमा स्थानीय युवा महिलालाई कक्षा सञ्चालन गरेका हौँ”, उनले भने ।

नगरप्रमुख ब्याञ्जूका अनुसार जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुन: कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्ने छ । नगरको कृषि तथा पशुपालन व्यवसायलाई निकट भविष्यमा आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन  महिलालाई गुणस्तरीय जापानिज भाषा ९एन–४ लेभलसम्मको० तथा आवश्यक सीप सिकाइमा कक्षा सञ्चालन गरेको हो । बीस वर्ष पूरा भई ३० वर्ष ननाघेका कृषि तथा पशुपालनमा संलग्न भएका परिवारको सदस्यलाई हाल भाषा तथा सीप प्रदान गरिरहेको उनले बताए । 

नगरले यसअघि कृषि ऐन, काननु तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । उक्त कक्षामा हाल ४०  महिला अध्ययन गरिरहेको नगरका प्रविधि अधिकृत विनोद सापकोटाले बताए । उनका अनुसार आउँदो अक्टोबर महिनामा अध्ययनरत युवा महिलाको अन्तिम सीप परीक्षण हुनेछ र निपुणलाई सम्झौताअनुसार जापान पठाइने छ । 

धुलिखेल नगरलाई विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले उक्त नगरलाई नेपालको पहिलो स्वस्थ सहर तथा दक्षिण–पूर्वी एसियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गर्दैछ । सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेलको दिगो विकास लक्ष्यका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरेहेका विश्वका आठ देशमा अनुकरण भइरहेको बताइन्छ ।     

नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाइसकेको छ ।

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरलाई शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर घोषित भइसकेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...

हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला, २ जना पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...

विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔं: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...

सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा प्रदर्शन, रविकिरणसहित पाँच जना पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending