काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत अवस्थामा भेटिएका हुन्।
उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमाक्षेत्रमा पर्दछ। हत्या गरी शव जंगलमा फालिएको आशङ्का गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। “हत्या गरेर फालेको जस्तो देखिन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ,” उनले बताए।
यस घटनाको ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा भएको केशवराज हायुको हत्या प्रकरणसँग सम्बन्ध रहेको आशङ्का गरिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का हायु पुस २ गते शेरेफाँटमा मृत अवस्थामा भेटिएका थिए। उनको शव तरकारी फार्मको इनारमा बोराभित्र प्याक गरी फालिएको अवस्थामा फेला परेको थियो।
अनुसन्धानका क्रममा हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको हुन सक्ने प्रहरीको आशङ्का छ। जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतका अनुसार दुवै हत्या घटनाबीच अन्तरसम्बन्ध देखिएको छ।
पारुहाङको टाउकोमा चोट देखिएको र सोमबार बिहान जंगलमा भेटिएको उनको शव पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुवै जनाको हत्या एउटै समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
हत्या घटनामा संलग्न भएको आशङ्कामा हालसम्म दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेल रहेका छन्, जो मृतक हायुका बहिनी ज्वाइँ हुन्। अर्का एक जना आरोपीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार कम्तीमा तीन जना मिलेर हत्या गरेको आशङ्का गरिएको छ। “समूहले हत्या गरी मोटरसाइकलमार्फत शव ल्याएर इनारमा फालेको निष्कर्षमा हामी पुगेका छौँ,” अनुसन्धानमा संलग्न एक अधिकृतले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: