सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा सहरतिर झर्न थालेपछि चुमनुब्री गाउँपालिकाका उच्च हिमाली क्षेत्रका बस्तीहरु सबै रित्तिएका छन् ।
चुमनुब्री गाउँपालिका –१ र ७ का अधिकांश परिवार मङ्सिरको दोस्रो सातादेखि नै काठमाडौंतर्फ लागिसकेका छन्, गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, ‘करिब ९० प्रतिशत गाउँले सहर झरिसकेका छन् भने बाँकी १० प्रतिशत जति मात्र गाउँमा घर कुरुवा, पशुपालन र खेतीपातीको रेखदेखको लागि मात्र एकाध मानिस बस्न बाध्य छन् ।’
अहिले गाउँका हरेक घरमा मानिस नै देखिदैनन् एउटा टोलको मान्छेले घर चौरीको स्याहार गर्न छरछिमेकको घर हेर्न एक जना मानिस बसेका हुन्छन् । जाडो बढेपछि लेकका खर्कमा रहेका चौरी गाउँमा झारिएकाले बाक्लो भुत्ला हुने याक भने अझै माथिल्लो चरनमै रहेका स्थानिय बताएका छन् ।
चौरीलाई चिसो छलाउन घरमै राख्नुपरेकाले पनि गाउँ पुरै खाली गर्न मिल्दैन, चुमनुब्री–७ का वडा अध्यक्ष टासी लामाले भने, ‘चौरीको स्याहार सम्भारको लागि घरमा केहि आबश्याक मानिस बाहेक प्राय सबैको घरमा ताला लगाएर सहर झर्ने गरेका छन् ।’
चुमनुब्री गाउँपालिका –१ अन्र्तगत तिब्बतको सिमाना नजिकको साम्दो गाउँमा पनि उस्तै अवस्था छ । करिब ४५ घर धुरी रहेको गाउँमा अहिले ५–१० घरमा एकाध मात्र मानिस बसिरहेका छन् । बाँकी घरमा ताला लागेको छ । होटेल तथा लजहरु प्नि प्राय सबै बन्द भएका छन् ।
जाडोको प्रभाबले शिक्षा क्षेत्रमा पनि परेको छ । चुमनुब्री गाउँपालिका–२ स्थित ल्हो माध्यमिक बिद्यालयका बिद्यार्थीहरु आरुघाट गाउँपालिका – ४ को कोखेटारमा सारिएको छ । चैतसम्मका लागि बिद्यालय नै अस्थायी रुपमा तल स्थान्तरण गरिएको विद्यालयले जनाएको छ ।
सहर झरेका स्थानीयमध्ये धेरै जसो तीर्थयात्रामा निस्कने गर्छन् । धर्मशाला, लुम्बिनी तथा बिभिन्न बौद्ध धर्मगुरुको आश्रममा समय बिताउने वा काठमाडौंमा रहेका आफना छोराछोरीसँग बस्ने चलन रहेको स्थानिय लोप्साङ लामाले बताए ।
हाल सहरमा रहेका बासिन्दा ग्लाबो ल्होसार मनाउन फेरि गाउँ फर्कने तयारीमा छन् । जाडोले गाउँ रित्तिए पनि चाडपर्वसँगै उत्तरी गोरखाका यी सुनसान बस्तीहरु पुन चहलपहल हुने स्थानीयको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १७:१४
दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...
फाल्गुन ३ गते, २०८२ - १७:००
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...
फाल्गुन ३ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...
फाल्गुन ३ गते, २०८२ - १६:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...
फाल्गुन ३ गते, २०८२ - १५:५२
काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...
फाल्गुन ३ गते, २०८२ - १५:३९
काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...
फाल्गुन ३ गते, २०८२ - १४:४५
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...
फाल्गुन ३ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...
फाल्गुन ३ गते, २०८२ - १४:२२
काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...
फाल्गुन ३ गते, २०८२ - १४:१६
दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...



प्रतिकृया लेख्नुहोस्: