Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सांसदको गुनासो: अवरोधले जनताको दु:ख राख्न पाइनँ, घटना बासी भइसक्यो

खबरडबली संवाददाता

काठमाडौँ, । “गत साउन १२ गतेदेखिको अबिरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दु:ख सदनमा राख्न पाइनँ, सधैँ संसद् अवरोध भएपछि उक्त घटना नै बासी भइसक्यो”, सदनमा जनताको पीरमर्का राख्न नपाएको गुनासो गर्दै हुम्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद छिरिङ डम्डुल लामा (भोटे)ले भने । 

वर्तमान संसद् गठन भएको करिब नौ महिना पुगेको छ । तर संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विभिन्न विषयलाई लिएर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । जनप्रतिनिधिमूलक थलो संसद्मा पटक–पटक अवरोध हुँदा जनताका समस्या तथा गुनासोले उचित स्थान पाउन सकेको छैन । 

सांसद लामाले भने, “जनप्रतिनिधिको नाताले केही कुरा राख्न खोजेको थिएँ, तर संसद्मा अवरोध भएका कारणले राख्न पाइनँ । बाढीले स्थानीय नागरिक, सडक, खेतबारी, पुलपुलेसा, घट्ट बगाएको छ । मैले ती विषय सदनमा राख्न पाएको छैन । हामीभन्दा धेरै पहिलेदेखि नै संसदीय व्यवस्थामा पोख्त भएको प्रमुख प्रतिपक्षी दलले बुझ्नुपर्ने हो । राष्ट्रको दु:ख, पीरमर्का र जनताले भोगेको समस्या समाधानमा सदनमार्फत सरकारलाई खबरदारी गर्नुपर्नेमा संसद् अवरोध गरेर बाधा सिर्जना गर्नु राम्रो विषय होइन ।”

जनप्रतिनिधिमूलक थलो संसद् कोही–कसैको पनि बन्धक हुन नहुनेमा जोड दिँदै उनले बारम्बार संसद् अवरुद्ध हुनु राम्रो विषय नभएको बताए । “दु:खका साथ भन्नुपर्छ, यो प्रवृत्ति नेपाल र नेपाली जनताको पक्षमा छैन । यसले राम्रो सन्देश दिएको छैन”, उनले भने । जनताले निर्वाचित गरेर पठाएपछि जुनसुकै पार्टीको भए पनि सदनमा उठेका विषयलाई गम्भीरताका साथ लिनुपर्छ भन्दै सांसद लामाले संसद्लाई निरन्तर सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

“सदनलाई आफ्नो कामकारबाहीमा केन्द्रित हुने वातावरण बनाउनुपर्ने थियो । तर अहिलेको सन्दर्भमा प्रतिपक्ष दलले महिनौँसम्म संसद् अवरुद्ध गरिरहेको छ । यसले गर्दा जनतामा नराम्रो छाप परेको छ”, उनले भने, “प्रतिपक्षको अवरोधले संसदीय प्रक्रियामा सक्रिय सहभागिता जनाउन खोज्ने अन्य सांसदको उत्साह र उमङ्गलाई निस्तेज पारेको छ ।”

उनी नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभामा हुम्लाबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । विसं २०४५ देखि राजनीतिमा सक्रिय लामा चौथो महाधिवेश (चौम), पातलो मसाल, मोटो मशाल हुँदै संयुक्त जनमोर्चमा आबद्ध भए । उनीहाँ संयुक्त जनमोर्चा नेपालका तर्फबाट हुम्लाको तत्कालीन बर्गौ गाविसको निर्विरोध उपाध्यक्ष निर्वाचित भएका थिए । 

तत्कालीन नेकपा ९माओवादी०ले सशस्त्र जनयुद्धको घोषणा गरेपछि उहाँ हुम्लाबाट पहिलो भूमिगत कार्यकर्ता बने । माओवादीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य, कर्णाली मुक्ति मोर्चाको सदस्य, तत्कालनी माओवादी जनमुक्ति सेनाको पश्चिम सैन्य डिभिजन ब्यूरो सदस्य, भेरी–कर्णाली स्वायत्त राज्य सदस्य, हेटौँडा महाधिवेशनबाट माओवादीको केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य, कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री बने । सांसद लामा हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार सदस्य छन् । 

जनताबाट निर्वाचित भएर आएपछि सांसद्को मुख्य भूमिका कानुन निर्माणमा नै केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको उनको स्वीकारोक्ति छ । जनताले सङ्घर्ष गरेर ल्याएको व्यवस्थालाई बलियो बनाउन आवश्यक नीति, नियम, ऐन, कानुन बनाउन सांसद लाग्नुपर्ने उहाँको भनाइ छ । “विकासभन्दा पनि व्यवस्थालाई दिगो, भरपर्दो र विश्वासिलो बनाउन ध्यान दिनुपर्छ”, सांसद लामाले भने । 

विधायकले कानुन निर्माणमा आफूलाई उभ्याउनुपर्नेमा यसअघिका सांसदले जनतामा विकास लैजाने विषयलाई बढी प्राथमिकता दिएको र जनता पनि त्यसमा अभ्यस्त भइसकेको हुँदा अहिले आफूहरुलाई पनि दबाब परेको उनको भनाइ छ । “विगतका सांसदले ऐन, कानुन निर्माण गर्नुभन्दा पनि विकासमा बढी होमिएको देखाएपछि अहिलेका सांसदलाई दबाब बढेको छ । अघिल्ला माननीयले यस्तो गर्ने, तपाईँहरूले के ल्यायो रु”, जनताको प्रश्न सुनाउँदै उनले भने, “तपाईँहरूले के कोसेली ल्यायो, रित्तो हात ल्यायो कि भरि हात ल्यायो रु यस्तो प्रश्नको सामना गरिरहनुपरेको छ ।”

निर्वाचनबाट एउटै पार्टीको बहुमत नआउँदा सोचेजस्तो कानुन निर्माण गर्न नसकिएको उल्लेख गर्दै उनले पछिल्ला दिनमा सरकारले महत्त्वपूर्ण विधेयक सदनमा पेस गरेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केपछि त्यसले गति लिने विश्वास व्यक्त गरे ।

“हामीलाई अहिले असाध्यै गाह्रो छ । जनताले विकासले अपेक्षा गरेको छ । तर सङ्घीय सांसदको भूमिकामा हामीले ऐन, नियम र कानुन निर्माणमा जुट्नुपरेको छ । एउटा पार्टीको मात्रै बहुमत आएको भए सरकारलाई अगाडि बढाउन र पार्टीको नीतिअनुसारको कानुन बनाउन सकिन्थ्यो”, उनले भने, “कुनै पनि पार्टीको स्पष्ट बहुमत नआउँदा सोचेजस्तो कानुन बनाउन नसक्नु स्वभाविक हो । प्रधानमन्त्री अमेरिका भ्रमण सकेर चीनमा हुनुहुन्छ । उहाँ स्वदेश फर्केपछि कानुन निर्माणको प्रक्रियाले गति लिन्छ ।” 

कानुन निर्माण गर्न सांसद्को भूमिका अत्यन्त महत्त्वपूर्ण हुने जनाउँदै सांसद लामाले संसद् बैठकमा नियमित उपस्थित भएर सांसदले विधेयकमाथिको छलफलमा सक्रियतापूर्वक भाग लिनुपर्ने बताए । उनले राष्ट्रिय महत्वका विषयमा सदनमा आवाज उठाउनुपर्नेमा जोड दिँदै संसद्लाई प्रभावकारी बनाउन सबै सांसद एकताबद्ध भएर लाग्नुपर्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending