Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा

खबरडबली संवाददाता

चितवन ।  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई  हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । 

यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने छ । यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उनले जानकारी दिए । 
 
मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पुर्‍याइएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशी नियुक्त हुँदा पहिलो निर्णय जोखिममा रहेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने कुरा उल्लेख गरेका थिए । सोही विषय कार्यान्वयन गर्न निर्देशिका बनाएर काम अघि बढाइएको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा मन्त्री शाहीको जोड

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएको छन्। बिहीबार  हिउँ चितुवाको संरक्षण तथा यसको...

रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर कुनै पनि उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । रास्वपाका एक जना नेताले भने 'यो...

चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते भएका युवकको मृत्यु

अत्तरिया। कैलालीको  गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधब...

वनमन्त्री र दक्षिण कोरियाका राजदूतबिच भेटवार्ता

काठमाडौं। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएक...

नाष्टको ४८ औँ प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदान गर्ने निर्णय

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभाहरुलाई ...

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

किएभ । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउँदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेन...

यसकारण नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

बेलायत। रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुगेका कार्की...

सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएको छन् । बिहीबार काठमाडौँमा आ...

नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती: उपप्रधाममन्त्री सिंह

काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताएको छन् ।...

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन पेस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन बिहीबार पेस गरेको छ । प्रधानमन्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy