Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

उत्तर कोरियाद्वारा संविधानमा आफूलाई आणविक शक्तिको दाबी

खबरडबली संवाददाता

कोरिया । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक शक्तिको हैसियतलाई समावेश गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

आणविक हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीहरूको चेतावनीलाई बेवास्ता गर्दै यस वर्ष उल्लेख्य सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

प्योङयाङलाई आफ्नो आणविक शस्त्रागार त्याग्न राजी गराउने कूटनीतिक प्रयास असफल भयो र गत वर्ष किमले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेपछि संवैधानिक परिवर्तन आएको थियो ।

उत्तर कोरियाली नेता किमले स्टेट पिपुल्स एसेम्बलीको बैठकमा भने, “उत्तर कोरियाको ‘आणविक शक्ति निर्माण नीतिलाई राज्यको आधारभूत कानूनको रूपमा स्थायी गरिएको छ, जसलाई कसैले पनि उल्लङ्घन गर्न अनुमति छैन’।” 

उत्तर कोरियालाई संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अस्तित्वको खतराको सामना गर्न आणविक हतियारको आवश्यकता रहेको उनले बताए। 

उनले भने, “संयुक्त राज्य अमेरिकाले स्पष्ट आक्रामक प्रकृतिका साथ ठूलो मात्रामा आणविक युद्ध संयुक्त अभ्यासहरू पुन: सुरु गरेर र कोरियाली प्रायद्वीपको नजिक आफ्नो रणनीतिक आणविक सम्पत्तिको तैनाथीलाई स्थायी रूपमा राखेर हाम्रो गणतन्त्रको लागि आफ्नो आणविक युद्धको खतरालाई अधिकतम बनाएको छ ।

किमले वासिङ्टन, सियोल र टोकियोबीच हालै बढाइएको सुरक्षा सहयोगलाई ‘सबैभन्दा खराब वास्तविक खतरा’ को संज्ञा दिएका छन् । उनले थपे, “फलस्वरूप, उत्तर कोरियाका लागि रणनीतिक प्रतिरोधको निश्चित किनारा समात्न आणविक हतियारको आधुनिकीकरणलाई गति दिनु धेरै महत्वपूर्ण छ ।”

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमले आणविक हतियारको उत्पादनलाई तीव्र गतिमा बढाउने र आणविक आक्रमणका साधनलाई विविधीकरण गर्ने कामलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिए । 

तर, छिमेकी मुलुक जापानले भने उत्तर कोरियाको आणविक हतियार कार्यक्रम ‘पूर्णतया अस्वीकार्य’ भएको बताएको छ ।

“उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र विकासले हाम्रो देश र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पारेको छ,” जापानी मन्त्रीपरिषद्का मुख्यसचिव हिरोकाजु मात्सुनोले बिहीबार उत्तर कोरियाको संवैधानिक परिवर्तनबारे दिएको प्रतिक्रियामा भने । 

उनले भने, “हामी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र बाँकी अन्तर्राष्ट्रिय समुदायसँग संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रस्तावहरूको पूर्ण कार्यान्वयन र उत्तर कोरियाको पूर्ण परमाणु नि:शस्त्रीकरणको लागि सहयोग गर्नेछौं ।”

उत्तर कोरियाको आणविक हैसियत संविधानमा उल्लेख भएसँगै उत्तर कोरियाको नेतृत्वलाई आणविक हतियार त्याग्न राजी गराउने सम्भावना क्षीण हुँदै गएको विज्ञहरूले बताएका छन् ।

“किमको भाषणबारे सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका अध्यक्ष याङ मुन जिनले एएफपीसँग भने, “यो उहाँको आणविक शक्तिको स्थायित्वको प्रतीक हो ।”

यसले उत्तर कोरियाको आणविक नि:शस्त्रीकरणको सम्भावनालाई अझ टाढा धकेल्छ ।

उत्तर कोरियाले यस वर्ष अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको र यसलाई उत्तर कोरियाली सेनाले ‘रणनीतिक आणविक कार्यक्रम’को रूपमा व्यख्या गरेको छ । रेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । 

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending