वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका छन् । संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात गरेको भन्दै संविधान निकै राम्रो बनेको बताए ।
बिहीबार वाशिङ्टन डिसीमा नेपालको राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा राजदूत खत्रीले प्रजातान्त्रिक अभ्यासअनुरुप सङ्घीय, प्रादेशिक र स्थानीय तहको दुईपटक आवधिक निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गरे । संविधानले पूर्णरूपमा प्रेस स्वतन्त्रता, नागरिक समाजको सहभागितालगायतका विषयमा अधिकार सुनिश्चित गरेको उनको भनाइ थियो ।
संविधानले राजनीतिमा महिलाको सहभागितालाई सुनिश्चित गरेको उनले बताए । प्रदेश र सङ्घीय संसद्मा महिलाको ३३ प्रतिशत संवैधानिकरूपमा सुनिश्चित गरिएको भन्दै उनले विश्वका निकै कम देशमा मात्रै यस्तो व्यवस्था भएको दाबी गरे ।
“नेपाल र अमेरिकाबीच विगत ७६ वर्षदेखि सामूहिक विश्वास, सहकार्य र सम्मानको सम्बन्ध छ । यी दुई देशबीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताका मूल्य, मान्यतामा आधारित छ”, राजदूत खत्रीले भने । अमेरिकासँग पारस्परिकरूपमा मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै उनले यस सहकार्यले नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
अमेरिकी सरकारले प्रदान गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै राजदूत खत्रीले अमेरिकी सहयोग नियोगलाई सहयोगका लागि धन्यवाद दिनुभयो । नेपालमा संविधान जारी भएको दिन असोज ३ मा संविधान दिवस मनाउने गरिएको छ । साथै विदेशस्थित नियोगहरूले मनाउँदै आएको नेपाल दिवस अमेरिकामा यसपटक असोज ११ गते बिहीबार मनाइएको हो ।
कार्यक्रममा अमेरिकाका सरकारी अधिकारीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अमेरिकामा रहेका नेपाली, नेपालीमूलका अमेरिकाका डेलिगेट हयारी भण्डारी, नेपालका लागि पूर्वअमेरिकी राजदूत पिटर बोडे, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, विभिन्न देशका राजदूत, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
नेपालको संविधान दिवसका अवसरमा गत सातामात्रै अमेरिकी सरकारको तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्ति जारी गरेका थिए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: