काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने अन्तिम तयारी थालेको छ ।
सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकिएसँगै आयोगले दुबै शीर्ष राजनीतिक नेतृत्वलाई औपचारिक पत्र पठाउने तयारी गरेको हो । आयोगले कम्तीमा एक साताको समय दिएर बयानका लागि उपस्थित हुन पत्राचार गर्ने तयारी गरेको छ । हाल आयोगले तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविराज रिजालको बयान लिइरहेको छ भने अहिलेका आईजीपी एवं तत्कालीन एआईजी दानबहादुर कार्कीको बयानको केही अंश बाँकी छ । ती बयान एक–दुई दिनमै सकिएपछि ओली र लेखकलाई बोलाउने पत्रको प्रक्रिया अघि बढाइने आयोग स्रोतले जनाएको छ ।
जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले तत्कालीन सरकारको नेतृत्व र शान्ति–सुरक्षाको प्रत्यक्ष जिम्मेवारीमा रहेका व्यक्तिहरू अनुसन्धानको दायरामा आउनै पर्ने स्पष्ट पारे । ‘बाँकी बयान सकेपछि हामी तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई डाक्छौं,’ शर्माले भने, ‘कसैलाई पनि सहुलियत दिइँदैन, सबै अनुसन्धानको दायरामा आउँछन् ।’
आयोगले आफ्नै कर्मचारी वा सुरक्षाकर्मी परिचालन गरेर म्याद तामेल गर्ने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकले भने पूर्वसूचना पाए आफू कुनै पनि दिन आयोगमा उपस्थित भएर बयान दिन तयार रहेको मौखिक सन्देश पठाइसकेको आयोगसम्बद्ध स्रोतले जनाएको छ । ‘लेखकको बयानको हकमा खास समस्या देखिएको छैन,’ स्रोतले भन्यो ।
तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयानबारे आयोगभित्र गम्भीर छलफल चलिरहेको छ । म्याद कसरी तामेल गर्ने, ओली बयानमा उपस्थित नभए के गर्ने भन्नेबारे विभिन्न विकल्पमाथि आयोगका अध्यक्ष र सदस्यहरूबीच छलफल भइरहेको छ । आयोगकै कर्मचारी वा प्रहरी परिचालन गरेर ओली निवासमै म्याद तामेल गर्ने, पत्र बुझ्न नमाने घरको भित्तामा टाँस्ने वा सञ्चारमाध्यममार्फत सूचना सार्वजनिक गर्ने विकल्पसमेत विचाराधीन छन् ।
यसैबीच, आइतबार हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने अभिव्यक्ति दिएका थिए । उनले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाउँदै ‘बयान नदिएको कारण गोली नै हान्नुपरे पनि तयार छु’ भन्ने आक्रोशपूर्ण प्रतिक्रिया दिएका थिए ।
ओली बयानमा उपस्थित नभएमा हुने कानुनी र राजनीतिक परिणामबारे आयोगभित्र छलफल भइरहेको छ । जाँचबुझमा असहयोग गरेबापत लाग्ने जरिवाना, गिरफ्तारीसम्मका विकल्पबारे छलफल भए पनि पक्राउ गरेर उपस्थित गराएपछि पनि उनले बयान दिन अस्वीकार गरे के गर्ने भन्ने प्रश्न आयोगका लागि चुनौती बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...




प्रतिकृया लेख्नुहोस्: