Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

खबरडबली संवाददाता

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ ।

महालक्ष्मी नगरपालिकाको शेरेफाँटमा पुस २ गते केशवराज हायु मृत अवस्थामा फेला परेका थिए । उनी सञ्चालन गर्दै आएको फार्म हाउसको इनारमा बोराभित्र प्याक गरी शव फालिएको अवस्थामा भेटिएको थियो ।

यसैबीच सोमबार बिहान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा पारुहाङ राईको शव फेला परेको थियो । भोजपुरको अरुण गाउँपालिका–३ का राई र हायु दुवै मिलेर महालक्ष्मी नगरपालिकामा तरकारी खेती गर्दै फार्म हाउस सञ्चालन गर्दै आएका थिए ।

प्रहरी अनुसन्धानबाट उनीहरूको हत्या दुई जनाले मिलेर गरेको खुलेको छ । हत्यामा संलग्न आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको छ । टोलीको नेतृत्व डीएसपी बेद पौडेलले गरेका थिए ।

प्रहरीका अनुसार मृतक केशवराज हायुका बहिनी–ज्वाईं देवराज ढुंगेलले नै हत्याको योजना बनाएका थिए । देवराज र हायुबीच आर्थिक लेनदेनको विवाद रहेको र सापटी रकम फिर्ता गर्न दबाब बढ्दै गएपछि हत्या योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार फरक–फरक दिनमा दुवै जनाको हत्या गरिएको हो । घटनापछि एक आरोपी गाउँ फर्केर लुकेको अवस्थामा पक्राउ परेका थिए भने अर्का आरोपीले बसोबास स्थान परिवर्तन गरेको खुलेको छ । प्रहरीले उनीहरूको डेराबाट हत्यामा प्रयोग भएको ह्यामर र अन्य सामग्री बरामद गरेको जनाएको छ ।

उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा उम्मेदवार तामाङको ‘झापा ५ : भिजन ७’ सार्वजनिक

दमक। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्य...

राजनीतिक दललाई आयोगको ६४ बुँदे निर्देशन, सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको विषयमा केन्द्रित भएर राजनीतिक दललाई ६४ बुँदे निर्देशन दिएको छ। फागुन २१ गते हुने निर्वाचन केन्द्र...

यही गतिमा जनमत बढ्दै जाने हो भने कांग्रेस एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । आइतबार आगन्तुकहरूल...

रास्वपाको नागरिक करारपत्र सार्वजनिक, भ्रष्टाचार नियन्त्रण, दलीयकरणको अन्त्य गर्न जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले आफ्नो प्राथमिकता, हालको अवस्था र ...

काठमाडौँका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौँ। यहाँका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८ वडामा शिक्षा सुरु प्रारम्भ भएको छ। जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन ...

उज्यालो नेपालको निर्वाचन घोषणापत्र सार्वजनिक: प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीको प्रतिबद्धतासम्म

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल ना...

एक हप्तामा १२३ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १२३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत ना...

टी–२० विश्वकपबाट नेपाल बाहिरियो, वेस्ट इन्डिज सुपर आठमा

काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको अन्तर्गत समूह ‘सी’को खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। आइतबार वानखेडे स्टेडियममा भएको खेलमा ने...

महाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ...

ओली घरदैलोको लागि झापामा: बालेन केहिसमयपछि आउँदै, सुरक्षा व्यवस्था कडा

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE