Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

अनमोल छुटेपछि सुदर्शन थापाको प्रतिक्रिया- मोटो पारिश्रमिक माग्नुअघि आफूलाई तयार गर्नू

खबरडबली संवाददाता

काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएलगतै निर्माता निर्देशक सुदर्शन थापाले आफ्नो डेढ दशक लामो संघर्षपछिको छविलाई धमिल्याउन खोजेको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा लामो प्रतिक्रिया दिँदै अनमोलसँग लिखित सम्झौता नभए पनि मौखिक सहमतिमा इमानले काम थालेको बताएका छन्।

उनले भनेका छन्, मेरो अहिलेसम्मको ब्यवसायिक यात्रामा मैले नयाँ तथा पुराना धेरै कलाकार संग सहकार्य गरिसकेको छु । कलाकारको ब्यवसायीक प्रक्रिया र पाउनु पर्ने पारिश्रमिकको अधिकारका विषयमा म सधैं सचेत रहने गरेको छु तसर्थ कसैलाई दबाब र अभावमा काम गराउने मेरो मनसाय छैन र मेरो ईमानलाई सुहाउँदैन पनि ।

उनले कसैले मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णरुपमा तयार गर्न आग्रह गरेका छन्।

अनमोल केसीले १० लाख रुपैयाँ लिए पनि भनेको समयमा फिल्म सुटिङमा आउन नमानेपछि एक करोड बढी ठगिको जाहेरी दिएका थिए। तर, उनको जाहेरी र प्रमाणलाई मध्यनजर गर्दै प्रहरीले आइतबार साँझ अनमोल केसीलाई हाजिरी जमानीमा रिहा भएका छन्। 

उनको भनाइ जस्ताको तस्तैः 

मेरा सम्पुर्ण सुभचिन्तक तथा आलोचकहरुमा नमस्कार ! 

म चलचित्र निर्देशक सुदर्शन थापा विगत डेढ दशक देखी चलचित्र क्षेत्रमा ‘मेरो एउटा साथी छ ‘ बाट हालसम्म चलचित्र निर्देशनमा सक्रिय छु । म चलचित्र निर्माण तथा निर्देशन गर्नु बाहेक अन्य कुनै पनि पेशामा संलग्न छैन त्यसैले कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई र लगानीकर्ताको सुरक्षालाई नै विशेष ध्यान दिने गरेको छु ।

मेरो निर्देशनमा निर्माण हुन लागेको पछिल्लो चलचित्र 'रावायण' मेरा लागि अहिलेसम्मकै एक महत्वपूर्ण प्रोजेक्टको रुपमा मैले लिएको छु । अन्य अर्थतन्त्रका क्षेत्र संगै चलचित्र क्षेत्र पनि धरासायी भएको समयमा एउटा ठुलो क्यानभासको चलचित्रको परिकल्पना गर्नु आफैंमा चुनौतीपूर्ण छ ।

यो विषम परिस्थितिमा एउटा सुन्दर चलचित्र निर्माण गर्ने सपना देख्नु एक मात्रै मेरो निजि स्वार्थ थियो । कुनै पनि स्कृप्टमा मेरो पुर्ण चित्त बुझाई र यसको भबिस्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती म बाट अहिलेसम्म भएको छैन र हुने पनि छैन ।

तसर्थ मेरो पछिल्लो निर्माणाधीन चलचित्रका लागि मैले लामो समय खर्चिएको छु र कलाकार तथा प्राविधिकको छनौटमा समेत विशेष ध्यान दिएको छु । मैले कुनैपनी प्रोजेक्ट गर्दा मेरो टिम र कलाकारलाई काम गर्नका लागि सहज वातावरण निर्माण गरिदिने गरेको छु र अभ्यासका लागि भरपुर समय पनि दिने गरेको छु ।

तर हरेक योजना सम्पन्न गर्नका लागि हामी संग निश्चित समय रहन्छ र त्यो समयसिमा भित्र हामीले सम्पन्न गर्नुपर्ने हुन्छ ।

मेरो अहिलेसम्मको ब्यवसायिक यात्रामा मैले नयाँ तथा पुराना धेरै कलाकार संग सहकार्य गरिसकेको छु । कलाकारको ब्यवसायीक प्रक्रिया र पाउनु पर्ने पारिश्रमिकको अधिकारका विषयमा म सधैं सचेत रहने गरेको छु तसर्थ कसैलाई दबाब र अभावमा काम गराउने मेरो मनसाय छैन र मेरो ईमानलाई सुहाउँदैन पनि ।

तर पछिल्लो समय सामाजिक संजालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यममा लेखाईएका एकतर्फी समाचारप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोज्ने कार्यको प्रतिकार गर्न चाहन्छु ।

चलचित्रको मुख्य पात्रको विना कुनै सहमती पक्कै पनि चलचित्र निर्माणको तयारी म बाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन ब्यवहारिक र दरिलो मौखीक सहमति मै चलचित्र ‘रावायण’को निर्माण कार्य अगाडी बढेको हो ।

बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजि गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु ।

र अन्त्यमा मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णतया तयार गर्न र तोकिएको समयसिमा भित्र आफुलाई हरेक पक्षबाट तयार गरि निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending