Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

विधेयक पनि दल विशेषको स्वार्थबाट आउँछ : सांसद अग्रहरी

‘सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो’

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताएकी छन् ।

उनले कतिपय सांसद कानुन निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएको घटनाले आफूलाई अचम्मित तुल्याएको प्रतिक्रिया दिइन् । सांसद अग्रहरीले भनिन्, ‘जनताका प्रतिनिधिका रुपमा सङ्घीय सांसद भएर आएका छौँ, हाम्रो एउटा मात्र दायित्व देशमा गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन सक्दो प्रयासको भूमिका हुनुपर्छ ।’

उनीसग विभिन्न सङ्घ संस्थामा आबद्ध रही सेवा गरेको तथा २०४७ देखि राजनीतिमा आबद्ध भई राष्ट्रिय महिला मञ्चको अध्यक्ष भएर काम गरेको अनुभव छ । विसं २०७४ निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट कपिलवस्तु निर्वाचन क्षेत्र २ बाट उनी निर्वाचित भइन् । 

गजेन्द्र नारायणको नेतृत्व रहेको नेपाल सद्भावना पार्टीको संस्थापक सदस्य, केन्द्रीय सदस्य, सह–महामन्त्री र उपाध्यक्षसम्म भएर काम गरेको अनुभव उनीसँग छ । विकास निर्माणको प्रमुख जिम्मेवारी रहेको स्थानीय तह र प्रदेशको अधिकारलाई बेवास्ता गर्दै विकास निर्माणमा धाउने प्रवृत्तिले हाँसोको अनुभूति भएको सुनाउँदै उनले क्षेत्राधिकारभित्र नपरेको विषयमा भ्याइनभ्याइ लाग्ने काम सुहाउँदो विषय नभएको बताइन् ।

सदनमा पुगेपछि जनता र राष्ट्रको उन्नतिका हिसाबले कायपलट गर्छाैं भन्ने सोच लिएको भएता पनि मुलुकको सर्वाेच्च निकाय संसद्मा हुने प्रस्तुति, दोषारोपण गर्ने, होच्याउने र मानमर्दन गर्ने प्रवृत्ति मौलाएकामा आफूलाई चित्त नबुझेको धारणा राखिन् । निर्वाचन भएको १० महिना बितिसक्दा समेत एउटा बाहेक विधेयक अघि बढ्न सकेको बताउँदै नेत्री अग्रहरीले सदनलाई विजनेश दिने र विधेयक ल्याउने मुख्य जिम्मेवारी सरकारकै रहेको हुँदा कानुन बनाउने मामिलामा सरकारले आवश्यक चासो नदिएको आरोप लगाइन् ।

उनले भनिन्, ‘राष्ट्र र जनताको चासो एकातिर छ, सरकारको नीति तथा कार्यक्रम अर्काेतर्फ छ, विधेयक पनि दल विशेषको स्वार्थबाट आउँछ, त्यसले सहमति जुटाउने अप्ठेरो हुन्छ ।’ सांसदको बोली, व्यवहार र प्रस्तुतिप्रति जनतामा धेरै गुनासो रहेको बताउँदै उनले मुलुकको सर्वाेच्च निकायमा बस्ने सांसदले कम्तीमा संस्थाको गरिमालाई बुझेर मात्र आफ्नो अभिव्यक्ति सुझाव दिइन् ।

नेत्री अग्रहरीले भनिन्, ‘सदनको गरिमा नबुझिकन जुन किसिमले जथाभावी बोल्नुहुन्छ, बोलेको विषय फिर्ता लिने र रेकर्डबाट हटाउनुपर्ने अवस्था जनप्रतिनिधिका लागि सुहाउँदो होइन, यो देशका लागि दुर्भाग्य हो, यस्तो प्रवृत्ति देखेर जनता चिन्तित र निराश छन् ।’ संसद्मा प्रतिपक्षले बोलेको कुरा सरकार र सत्तापक्षले हलुका ढङ्गबाट लिने गरेको बताउँदै उनले बोल्नका लागि बोल्ने धेरै तथा जिम्मेवारपूर्वक काम गर्ने तथा जनता र राष्ट्रको पक्षमा चिन्तन मनन गर्ने थोरै भएकाले सुशासनको पाटो कमजोर र भ्रष्टाचार मौलाएको अवस्था रहेको बताइन् ।

भुटानी शरणार्थी, विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको प्रकरण तथा ललिता निवास जग्गासँग संलग्न नेतृत्वलाई संरक्षण गरिएको आरोप लगाउँदै सांसद अग्रहरीले जनताले निर्वाचनमार्फत खोजेको सुशासन, विकास र समृद्धिका मुद्दा भने राज्यकै कारण ओझेलमा परेको प्रतिक्रिया दिइन् । सांसद विकास कोषका सन्दर्भमा अदालतबाट भएको फैसलाको पूर्ण समर्थन रहेको जनाउँदै उनले संघीय सांसदको मुख्य जिम्मेवारी भनेको मात्र राष्ट्रको कानुन बनाउनमै केन्द्रित रहनुपर्ने बताइन् ।

सांसद अग्रहरीले भनिन्, ‘कानुन निर्माणको काम छोडेर अन्यत्र धाउने, जिल्लामा पनि मतदातालाई अलमल्याउने ढङ्गबाट चलखेल गर्ने कार्य गलत छ । सांसदको जिम्मेवारीभित्रको विषय नभएकाले उनीहरुलाई त्यो कोषमार्फत योजना छनोट गर्न दिनुहुन्न ।’ उनले लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने दल र व्यक्ति भएको नाताले संविधान, नीति, प्रणाली र व्यवस्था ठीक भए पनि यसलाई नेतृत्व दिने र कार्यान्वयन गर्ने पक्षको नियत भने ठीक नदेखिएको विचार प्रकट गरिन् ।

सांसद अग्रहरीले भनिन्, ‘हाम्रो देशमा नीति, नियम र ऐन ठीक छ, कार्यान्वयन पक्षको नियत भने आजसम्म ठीक देखिरहेको छैन । व्यवस्थामाथि औँला उठाउन सकिन्न व्यक्तिको कार्यशैलीप्रति औँला ठड्याउन सकिन्छ ।’ उनले जनतालाई निराश नहुन आग्रह गर्दै भनिन्, ‘धैर्यता कायम राख्नुस्, सोचेअनुरुप नभए पनि नेपालको भविष्य उज्वल छ, हामी तपाईहरुलाई हाम्रो सदासर्वदा साथ र सहयोग रहन्छ ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending