Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ । 

नगरको छ विद्यालयमा एक अङ्कमा विद्यार्थी सङ्ख्या रहेको पाइएको हो भने केहीमा जम्मा १४ जना हाराहारीमा विद्यार्थी सङ्ख्या रहेका छन् । विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अत्यन्त कम विद्यार्थी रहेका सामुदायिक विद्यालय नजिकका विद्यालयमा गाभ्न ९मर्ज०को तयारीमा रहेको जनाइएको छ । 

पाँचखाल –१३ स्थित गङ्गा प्राथमिक विद्यालयमा एक शिक्षक र दुई विद्यार्थी, ८ नं वडास्थित जनज्योति प्राविमा दुई शिक्षक र चार विद्यार्थी, ११ नं वडास्थित धरणी प्राविमा एक शिक्षक र पाँच विद्यार्थी तथा समाज सुधार प्राविमा दुई शिक्षक र पाँच विद्यार्थी, वडा नं ९ को सरस्वती प्राविमा दुई शिक्षक र चार विद्यार्थी र ६ नं वडास्थित भमरकोट हिमालय प्राविमा तीन शिक्षक र छ विद्यार्थी हाल अध्ययनरत छन् । यी विद्यालयमा कूल ११ शिक्षकले २६ विद्यार्थीलाई शिक्षण गरिरहेका हुन् । 

नगर शिक्षा शाखाले विद्यालयमा अत्यन्त न्यून विद्यार्थी सङ्ख्या हुँदा अध्यापनमा निकै असहज अवस्था आएकाले शिक्षक व्यवस्थापन तथा दरबन्दी मिलानसम्बन्धी मापदण्डको आधारमा विद्यालय मर्ज गर्ने तयारी भइरहेको जनाएको छ । “हामीले विद्यार्थी न्यून रहेका विद्यालय नजिकको विद्यालयमा मर्ज गर्ने तयारी गरिरहेका छौँ, त्यसका लागि विद्यालयसमेत छनोट भइसकेको छ”, शिक्षा शाखा प्रमुख उदय कोइरालाले भने। 

उनका अनुसार सात प्रावि तथा एक आधारभूत विद्यालय मर्जको तयारी गरिएको हो । नगर शिक्षा समितिले मर्ज गर्ने विद्यालयका विषयमा कार्यपालिकामा पेश गरिसकेको कोइरालाले बताए । 

उनका अनुसार अन्य दुई विद्यालयमा चार शिक्षक र २८ विद्यार्थी रहेपछि ती विद्यालय पनि मर्जको तयारीमा रहेका छन् । पाँचखाल नपा–१२ को नारायण प्राविमा दुई शिक्षक १४ विद्यार्थी र वडा नं ६ को झिङ्गना प्राविमा दुई शिक्षक र १४ विद्यार्थी रहेकाले यिनीहरुको समेत मर्जको तयारी गरिएको हो । 

शिक्षा शाखाका अनुसार नारायण प्राविको समायोजन नजिकको आजाद माध्यमिक विद्यालय र झिङ्गना प्राविको समायोजन जोरपाटी माविमा गरिने भएको छ । अन्य मर्ज तगर्ने तयारी भइरहेकामा गङ्गा प्रावि जागृति आधारभूत विद्यालयमा, धरणी प्रावि गङ्गादेवी आधारभुत विद्यालयमा, सरस्वती प्रावि पलाञ्चोक भगवती माविमा, जनज्योति प्रावि जनता माविमा, समाज सुधार प्रावि भगवती प्राविमा र भमरकोट हिमालय प्रावि जोरपाटी माविमा समायोजन हुने जनाइएको छ । 

नगरले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक विद्यालय गाभ्ने तयारी गरेको जनाएको हो । शिक्षा समितिले पनि विद्यार्थी–शिक्षकको अनुपात नमिलेका पाँचखालका विद्यालय विद्यार्थीको सङ्ख्या थोरै तथा शिक्षक दरबन्दी कम भएका र दूरीका हिसाबले टाढा रहेका विद्यालय एकै ठाउँमा समायोजन गर्न कार्यपालिकासमक्ष सिफारिस गरेको जनाएको छ । 

मर्जर प्रक्रिया सकिएपछि पाँचखाल नगरमा ३० विद्यालय हुनेछन् । जसमध्ये १३ माध्यमिक विद्यालय, चार आधारभूत विद्यालय र १३ प्रावि रहनेछन् । नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराई तथा उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान छ । 

यस्तै नियमावलीमा प्राविमा शिक्षक एक, प्राविमा ५० जनासम्म विद्यार्थी भएमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको आधारभूत विद्यालयमा कम्तीमा सात जना शिक्षक रहने व्यवस्था छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: