जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट मक्करबहादुर भण्डारी सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएको छन्।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सुनीलकुमार रोकाय, सचिवमा जगतबहादुर खत्री तथा सहसचिवमा दानबहादुर बुढा चयन भएको छन्। समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय सदस्यमा चयन हुनुभएको रास्वपा जुम्लाले जनाएको छ।
अधिवेशनले जिल्ला नेतृत्व चयनसँगै निर्वाचन क्षेत्रस्तरीय संरचनासमेत गठन गरेको छ। जस अनुसार निर्वाचन क्षेत्र नम्बर (क) को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्री चयन भएको छन्।
त्यसै गरी, क्षेत्र नम्बर (ख)समितिको उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएको छन्।
अधिवेशनको उद्घाटन सत्रअगाडि जुम्ला बजारमा विभिन्न नारासहित र्याली निकालिएको थियो। र्यालीमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। रास्वपाले जिल्ला स्तरमा सङ्गठन सुदृढीकरण, सुशासनको प्रवर्धन तथा जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै आगामी गतिविधि अघि बढाउने जनाएको छ।
नवनिर्वाचित सभापति मक्करबहादुर भण्डारीले जुम्लामा रास्वपाको सङ्गठन तीव्र गतिमा अगाडि बढिरहेको बताए। उनले नयाँ समितिले अन्य राजनीतिक दलभन्दा फरक र जनमुखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: