रसुवा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन यहाँका जनप्रतिनिधिमाझ सुझाव राखेका छन् ।
जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्डको स्नान तथा प्रकृतिक रूपको अनुपम छटा अवलोकनका लागि उच्च भागमा पुग्ने धार्मिक यात्रुलाई सुविधायुक्त पूर्वाधार निर्माण गराउन अत्यावश्यक भएको बताए ।
पूर्वाधारको विकास गराई उच्च भागमा गुणस्तरीय सुविधा दिनसके मात्र पर्यटकबाट आम्दानी लिन सकिने भएका कारण धार्मिक क्षेत्रको संरक्षण गर्न जोड दिँदै गुरुयोजना तयार गर्नसमेत सुझाव दिए । उनले यात्रुको समस्या समाधन गर्न पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई नै जोड दिएका हुन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्र रसुवागढी नाकामा निर्माण भइराखेको पूर्वाधार समयमै सम्पन्न गराउन जोड दिँदै कतिपय स्थानीय सरकारले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटमा परेको असर फुकाउन सङ्घीय सरकारले मापदण्डको छिनोफानु गर्नुपर्नेमा अध्यक्ष तिमल्सिनाले जोड दिए ।
जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेको अध्यक्षतामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले गोसाइँकुण्डको धार्मिकमार्गअन्तर्गत लौरीविनायक उकालोको पैदलमार्ग सुधारका लागि गरिएको डिजाइन न्यायोचित नभएकाले डिजाइन सुधार गर्नुपर्ने बताए । आफूले स्थलगत निरीक्षण गर्दा लौरीविनायकको धार्मिकमार्गमा सिमेन्ट ढलान गरेको पाइएको र उक्त ढलान उपयुक्त नदेखिएकाले सिमेन्टबाट भन्दा स्थानीयरूपमा पाइने ढुङ्गा कटिङ गरी सिँढी निर्माण गराउन सुझाव दिए ।
धार्मिक क्षेत्रमा हजारौं भक्तजन हिँड्ने पैदलमार्ग निर्माण गर्दा आन्तरिक एवं बाह्य सबै पक्षका लागि सर्वसुलभ हुने दिगो विकासका पूर्वाधार निर्माण गर्न गराउनसमेत सांसद् आचार्यले सरोकारवाला निकायसमक्ष अनुरोध गरे । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र संरक्षित मानिएको स्थानमा निजी क्षेत्रलाई जलविद्युत् आयोजना बनाउन दिने तर जनताको जीवनसँग जोडिएको नौकुण्ड खानेपानी निर्माणका लागि तयार गरेको फाइललाई बेवास्ता गरेको भन्दै जनतालाई शुद्ध खानेपानी व्यवस्थापनका बाधक नबन्न सरोकारवाला निकायलाई आचार्यले अनुरोध गरे ।
वार्षिक समीक्षा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारसमेतका विषयगत कार्यालयले गत वर्ष सम्पन्न गरेका गतिविधिको समीक्षा कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका सभापति पेम्वाछिरिङ तामाङ र गाउँपालिका अध्यक्षको तर्फबाट आमाछोदिङ्मो गापा अध्यक्ष बुचुङ तामाङले आ–आफ्ना धारणा राखेका थिए ।
जिल्लाको समग्र सुरक्षा अवस्था, विकास निर्माणका सहजीकरण, विपद् व्यवस्थापनजस्ता विषयमा स्थानीय प्रशासनले गरेको कामको विवरण रसुवाका प्रजिअ प्रकाशचन्द्र अधिकारीले राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासामु प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने कर्मचारी कैसाङढिण्डुप तामाङ र हेमप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: