काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दलका नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्ताे बताएका हुन् ।
सापकाेटाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भएकाले पुनर्विचार गर्नुपर्ने बताउँदै भने- ‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा घण्टौ भाषण गर्नुभयो । उहाँ नेतृत्वको केन्द्रीय समितिमा म पनि कुनै समय सदस्य भएकाले मेरो उहाँका प्रति सम्मान छ । तर उहाँले बोलेका केही कुरा निकै गम्भिर छन् ।’
उनले अघि भने, ‘उहाँले आफ्नो अभिव्यक्तिमा दुई वटा दृष्टिकोणले पुनर्विचार गर्न जरुरी छ । पहिलो, सामाजिक सद्भाव भत्किँदै अराजकताको दिशामा गएकाले सम्हाल्नु पर्नेछ । दोस्रो, द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालबाट सिकौँ भनेर भनिरहेका छौँ । यसलाई पुष्टि गर्न पनि उहाँले आफ्नो अभिव्यक्तिमा पुनर्विचार गर्नुपर्छ ।’
उनले २०६३ साल मंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन आग्रह समेत गरे । ‘प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ गभर्नमेन्ट’ हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को बैठकमा आउनु भएन भने त्यो बैठक नै अगाडि जान सक्दैन । त्यसरी हेर्दा हाम्रो संविधानले प्रमुख प्रतिपक्षलाई ‘पार्ट अफ दि स्टेट’का रूपमा लिइन्छ’, उनले भने, ‘यस्तो मूल नेताले विस्तृत शान्ति सम्झौता विपरित अभिव्यक्ति दिएर फेरि समाजमा हिँजो युद्धमा गएका सबै घाइतेहरूले गोलि बोकेको शरिर लिएर सडकमा आन्दोलन गर भनेर भन्न खोजेको हो ?’
उनले विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ९ मा उल्लेख विषयलाई पनि पढेर सुनाएका थिए । उनले धरानदेखि नेपालगन्जसम्मका घटनाले समाजलाई गलत दिशामा लगिराखेको भन्दै सबै दल एकै ठाउँमा बसेर पत्रकार सम्मेलनमार्फत एउटा सन्दैश दिनुपर्ने बताए ।
उनले प्रतिपक्षी दलका नेता ओलीका अभिव्यक्तिले फेरि अर्को द्वन्द्वको जस्तो चित्र आइरहेको बताए । ‘नेपालगञ्ज कर्फ्यूले घेरिएको छ । भदौको पहिलो हप्ता धरान यस्तै चपेटामा थियो र सिराहामा त्यस्तै भयो । देशैभरी जाजिय र साम्प्रादायिक घटना बढिरहेका छन् । चिकित्सक सुरक्षित छैनन्, हातपात भइरहेको छ । प्राध्यापकमाथि त्यस्तै छ’, उनले भने, ‘यो सदनमाथि जनताको अपेक्षा छ । जनताको विषय उठाउला भनेर आशा गरेको देखिन्छ । तर हाम्रो संसदमा पूर्वप्रधानमन्त्री घण्टौ भाषण गर्नुहुन्छ । यस्ता सवालका बारेमा, अराजकता र यस्ता घटनाको नियन्त्रण गर्ने विषयमा कुरा आउँदैन ।’
उनले समाजलाई अनुशासित बनाउनका लागि सामाजिक सञ्जालमा व्यक्त भइरहेका उच्छृंखलतालाई नियन्त्रण गर्नुपर्ने र त्यसका लागि सबभन्दा पहिले राजनीति अनुशासित हुनुपर्ने बताए । त्यसमा पनि राजनीतिक दलका प्रमुख नेताहरू बढी अनुशासित र जिम्मेवार हुनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: