काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले केही शीतल महसुस गर्न थालेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा वर्षा र हावाहुरी सक्रिय हुँदा तराई क्षेत्रमा केही दिनअघि ४१ डिग्री नाघेको तापक्रम अहिले ३९ डिग्रीभन्दा तल झरेको छ।
विभागको अभिलेखअनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा ३८.७ डिग्री सेल्सियस मापन गरिएको छ भने नेपालगञ्जमा ३८.२ डिग्री पुगेको छ। अन्य अधिकांश जिल्लामा तापक्रम ३६ डिग्रीभन्दा माथि नगएको विभागले जनाएको छ।
मौसमविद्का अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय प्रणालीका कारण अहिले देशभर मौसम प्रभावित बनेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।
आज मात्रै धनकुटामा ८७ मिलिमिटर वर्षा मापन गरिएको छ। काठमाडौंसहित अन्य जिल्लामा पनि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ।
मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईमा चलिरहेको लु अर्थात् अत्यधिक गर्मीको प्रभाव आज रातिदेखि थप कम हुने सम्भावना छ। आगामी तीन–चार दिनसम्म देशका धेरै स्थानमा शीतल मौसम रहने अनुमान गरिएको छ।
विभागले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा, हावाहुरी र असिनाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: