Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सहरको रूपमा प्रचार गरिए पनि आधारभूत सेवामै चरम समस्या भएपछि स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ।

पछिल्ला केही दिनयता अनियमित विद्युत्, ‘लो–भोल्टेज’ र लामो समयसम्म हुने लोड समस्याले व्यवसाय, स्वास्थ्य सेवा, शिक्षा र घरायसी जीवनमा गम्भीर असर पारेको छ। गर्मी अत्यधिक बढिरहेका बेला पङ्खासमेत नचल्ने अवस्था बनेपछि सर्वसाधारण थप पीडित बनेका छन्।

स्थानीय व्यवसायीहरूका अनुसार फ्रिज नचल्दा मासु, फलफूल र तयारी खानेकुरा बिग्रिएर हजारौँ रुपैयाँको क्षति भइरहेको छ। केही रेस्टुरेन्ट सञ्चालकले त दैनिक जेनेरेटर चलाउनै ठूलो खर्च गर्नुपरेको बताएका छन्।

स्वास्थ्य क्षेत्र पनि प्रभावित बनेको छ। चिकित्सकहरूका अनुसार अस्पतालमा अक्सिजन कन्सेन्ट्रेटर, नेबुलाइजर र भ्याक्सिन भण्डारणमा समस्या देखिन थालेको छ। गर्मी, धुलो र पानी अभावले बालबालिका तथा वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ्दै गएको चिकित्सकहरूको चेतावनी छ।

१३२ केभीए लाइन ढलेपछि संकट चर्कियो

सुर्खेतको विद्युत् आपूर्तिको मुख्य आधार मानिएको कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइनका टावर हावाहुरीका कारण ढलेपछि समस्या झन् गम्भीर बनेको हो। वैकल्पिक रूपमा पुरानै कम क्षमताको लाइनबाट विद्युत् आपूर्ति गरिए पनि त्यसले पर्याप्त भार धान्न सकेको छैन।

स्थानीयवासीको गुनासो छ “मोबाइल चार्ज गर्नसमेत समस्या छ, यस्तो बत्ती भएर के काम ?”

खानेपानीको संकट झन् भयावह

विद्युत्जस्तै खानेपानी समस्या पनि वीरेन्द्रनगरको पुरानै पीडा बनेको छ। धेरै क्षेत्रमा १०–१५ दिनसम्म धारामा पानी नआएको गुनासो बढ्दो छ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल उपलब्ध पानीको स्रोतले मागको सानो हिस्सा मात्रै धानिरहेको छ। खडेरीका कारण खोलाहरू सुक्दै गएपछि संकट झन् गहिरिएको हो।

समाधानको आशा : भेरीको पानी र नयाँ लाइन

दीर्घकालीन समाधानका रूपमा भेरी नदीको पानी वीरेन्द्रनगर ल्याउने आयोजना अघि बढिरहेको छ। नगरप्रमुखमाेहमाया ढकालले अबको दुई वर्षभित्र भेरीको पानी सहरमा ल्याउने दाबी गरेकी छन्।

त्यस्तै ढलेका विद्युत् टावर पुनर्निर्माणको काम भइरहेको र केही दिनभित्र १३२ केभीए लाइन पुनः सञ्चालनमा ल्याउने तयारी रहेको जनाइएको छ। तर स्थानीयहरू भने प्रश्न गरिरहेका छन् “प्रदेश राजधानी भनिने सहरमा आधारभूत सेवा नै नपाउने हो भने विकास आखिर कसका लागि ?”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending