Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता होः प्रदीप यादव

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता भएकाे बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले  मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको बताउँदै  मधेशमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको बताए  ।

‘मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो । मधेश आन्देलनमा दुबै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन् । तर धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताको एकतालाई तोड्ने काम तिब्र गतिमा भइरहेको छ । यसले मुलुकलाई फाइदा गर्दैन’ उनले भने ।

मधेशमा मात्र नभई नेपाली समाजमा नै विभाजन र ध्रवीकरण ल्याउने प्रयासका कारण राष्ट्रिय सुरक्षामा जटिलता देखिएको पनि सांसद यादवले बताए ।

उनले द्वन्द्व चर्काउने र हिंसा भड्काउने अभिव्यक्ति दिने जोसुकैलाई कारबाही गर्न माग गरे । पुराना भिडियो काँटछाँट गरेर नयाँ घटनाको रुपमा प्रस्तुत गर्ने र सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति दिनेलाई पनि कारबाही गर्नुपर्ने यादवले बताए ।

‘सामाजिक सद्भाव भड्काउने खालका सामग्री राख्ने सामाजिक सञ्जाल फेसबुक ट्विटर टिकटक बन्द गर्नुपर्छ’ उनले भने । सञ्चार माध्यम र नागरिक समाज पनि सचेत हुनुपर्ने भन्दै सांसद यादवले भने, ‘समाज जोगाउने दायित्व हामी सबैको हो । फुट गराई शासनमा फर्किने चाहना कसैको पूरा हुँदैन ।’

उनले सबै राजनीतिक दलका सांसदहरु एकजुट भएर मधेशका जिल्लाहरुमा जानुपर्ने पनि बताए । सांसद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिको निगरानी गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending