Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

घाेडाबाट लडेर घाइते भएका रावतकाे नेपाल एअरलाइन्सकाे जहाजद्धार उद्धार

खबरडबली संवाददाता

जुम्ला । घोडाबाट लडेर गम्भीर घाइते भएका जुम्लाकाे पातारासी गाउँपालिका–४ का दीपबहादुर रावतको नेपाल एअरलाइन्सले उद्धार गरेको छ ।

घाेडबाट लडेर उहाँँको टाउकोमा गम्भीर चोट लागेकाले गएकाे छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रतिष्ठानमा सिटी स्क्यान मेशिन बिग्रँदा चिकित्सकले अन्यत्रै लैजान भनेका भएपनि मौसम खराबीले जहाज आउन नसक्दा दुर्घटनामा परेका रावतको उद्धार हुन सकिरहेको थिएन । रावत गएकाे बिहीवार पातारासी–४ कै लुम पुल नजिक घोडाबाट लडेर गम्भीर घाइते हुभएका थिए ।

बिहीवार एअरलाइन्सले बिरामीसहित दुई जना कुरुवा राखेर उपचारका लागि पठाएकाे नेपाल एअरलाइन्स जुम्लाका प्रमुख देवी न्यौपानले बताए ।

उद्धारका लागि नेपाल एयरलाइन्सको जहाजलाई आकस्मिक रूपमा जुम्ला पठाउनु परेको कारण ताप्लेजुङ र फाप्लुको उडान स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका थिए  । उनले यस कारण यात्रुहरुमा पर्न गएको असुविधाप्रति  क्षमा समेत मागेका थिए । मन्त्री किरातीले जहाज खरिद प्रक्रिया अघि बढिसकेको र खरिद पछि मानवीय उद्दारको लागि एक जहाज एयर एम्बुलेन्सको रूपमा प्रयोग गर्नु पर्ने भएकाे पनि बताएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending