Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

कानून र संविधानलाई टेकेर जे पायो त्यही गर्न कसंलाई छुट छैनः बिमला राई

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले  जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात काम्यो कि कामेन ? भनेर प्रश्न गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रपति मन्त्रिपरिषद्को औंठाछाप नभएर संविधानको संरक्षक भएको बताइन् । उनले संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताइन् ।

२० वर्षको कैद सजाय ८ वर्ष नपुगी संविधान दिवसको दिन चेतन मान्नधरको हत्यारा रिगललाई आममाफी दिनु गलत भएको उनको दाबी छ । हत्याराको नाइकेलाई गृहमन्त्री र मन्त्रीपरिषद्ले कुन आधारमा आममाफी दिन सिफारिस गर्‍यो सदनमा आएर गृहमन्त्रीले जवाफ दिनुपर्ने उनले बताइन् ।

उनले मन्त्रिपरिषद्ले कुन आधारमा सिफारिस गर्‍यो ? आममाफीको आधार के हो ? र के के भयो भने आममाफी दिन पाइन्छ ? भनेर प्रश्न गरेकी छन् । उनले हत्यारा छुट्नको लागि कुनै दलको नेता हुनुपर्छ । कि गृहमन्त्रीको आफन्त हुनुपर्छ ? की राष्ट्रपतिको ज्वाइँचेला हुनुपर्छ ? के आधारमा छुट्ने त्यसको जवाफ आम नेपाललीलाई दिनु पर्ने बताइन् ।

कानून र संविधानलाई टेकेर जे पायो त्यही गर्नको लागि यो छुट गृह वा प्रधानमन्त्री कसैलाई पनि नभएकाे भन्दै प्रधानमन्त्री र गृहमन्त्री हत्याहिंसाकै व्याक राउण्डबाट सशस्त्र द्वन्द्वबाट आउनुभएको र हत्या भए पनि मिलाउन सक्ने आराेप लगाइन्  । उनले राष्ट्रपतिले कसरी सक्नुभयो । यस्तो जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपति ज्युको हात काम्यो कि कामेन ?, उनको प्रश्न थियो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending