Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

बिद्युतकाे मिटरबक्स ल्याइदिने भन्दै सर्बसाधरणकाे रकम ठगी

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बाँस्कोटा बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर फरार भएका छन् । सुनकोशी गाउँपालिका –४ जेरुङघाटका १४ घर परिवारलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर बाँस्कोटा छ महिनादेखि फरार भएका हुन् ।

बाँस्कोटाले जेरुङघाटका १४ घर परिवारबाट प्रतिपरिवार तीन हजारका दरले ४२ हजार रकम लिएर फरार भएको जेरुङघाटका राजीव राईले बताए । गत वैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर स्थानीयबाट रकम असुलेर लगेको राईको भनाइ छ । 

बाँस्काेटालाई फोन सम्पर्क गर्दा आज ल्याउँछु, भोलि ल्याउँछु, नत्र पैसा फिर्ता गर्छु भनेर ढाँट्दै अहिलेसम्म बेपत्ता भएको द्रोणहरि राईले जानकारी दिए । बाँस्कोटाबाट ठगिएका जेरुङघाटका स्थानीयले कानुनी उपचारका लागि केही महिनाअघि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी लिएर पुगेको बीरबहादुर राईले बताए । 

अहिलेसम्म प्रहरीले बाँस्कोटालाई सम्पर्कमा ल्याएर छलफल र कारबाही नगरेको राईकाे गुनासाे छ । यस विषयमा चाँडै बाँस्कोटालाई सम्पर्कमा ल्याएर सत्य, तथ्य छानबिन गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए । 

जेरुङघाटका रामबहादुर राई, थईन्द्र राई, अच्छेकुमार राई, द्रोणहरि राई, नैनकुमारी राई, वीरबहादुर राई, राजीव राई, मानबहादुर माझिी माउले माझी, यकिन्द्र राई, सरिमाया राई, नरध्वज राई, अदिलमान राई र शेरबहादुर राईलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर बाँस्कोटाले रकम ठगी गरेका हुन् । 

लामो समयसम्म बाँस्कोटाले मिटरबक्स नल्याएपछि १४ मध्ये ११ परिवार आफैले मिटरबक्स जडान गरिसकेका छन् । बाँस्कोटालाई फोन सम्पर्क गर्दा चाँडै जेरुङघाटबासीको रकम फर्काइदिने बताएका छन् । बाँस्कोटाले सुनकोशी गाउँपालिका –१ को साँधी र ढेबुवाका स्थानीयलाई पनि बिजुलीको मिटरबक्स ल्याइदिने भन्दै रकम असुलेर लगेको बुझिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending