Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

पुराना घरेलु सामग्रीमा स्वदेसी र विदेसी चित्रकारको नजर !

खबरडबली संवाददाता
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माविको एउटा कोठा पुराना–पुराना घरेलु सामग्रीले भरिएको थियो । ध्वाँसो लागेका हर्पे, ठेका, दाविलो, डोको, नाङलो, ओख्ली, लोहोरो, हलो, जुवा जस्ता पुराना–पुराना घरेलु सामग्रीलाई पंक्तीवद्ध राखेर कागजमा नाम लेखेर टाँसिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा जारी ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा स्वदेश तथा विदेशका चित्रकार आउने भएपछि जालपाका स्थानीयले दैनिक जनजीवनमा प्रयोग भइरहेका पुराना घरेलु सामग्रीलाई प्रदर्शनीमा राखेका थिए ।

नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार आउने भएपछि जाल, ढडिया, फुर्लुङ, मुढा, कोक्रो, कुचो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, मान्द्रो, फिपी, घुर्रा, मदानी, ठेका, हर्पे, काठे गिलास, हलो, जुवा, हल्लुड, सोईला, कुटो, कोदालो, फिर्के, दाबिलो, खरेटो, चिम्टा, पन्यु, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द, काठको चम्चा लगायतका घरायसी सामग्रीहरुको ‘स्टल’ राखिएको थियो ।

jj.jpg

जालपामा प्रदर्शनीमा रादिएको पुराना घरेलु सामग्री । तस्बीरः दानबहादुर राई

स्थानीय इमान राईको अगुवाईमा विदेसी पहुनालाई नेपाली जनजीवनको बारेमा जानकारी दिलाउने खालका सामग्री संकलन गरेर प्रदर्शनीमा राख्ने व्यवस्था मिलाइएको हो ।

असोज १७ गतेदेखि असोज २१ गतेसम्म हुने चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल आइपुगेका २० जना विदेसी र १७ जना स्वदेसी चित्रकारलाई बिहिबार जापला पुर्‍याइएको थियो । स्वदेसी तथा विदेसी चित्रकारले पुराना घरेलु सामग्रीलाई चाख मानेर अवलोकन गरेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

jj2.jpg

जालपामा प्रदर्शनीमा रादिएको पुराना घरेलु सामग्री । तस्बीरः दानबहादुर राई

स्वदेसी तथा विदेसी चित्रकारलाई जालपामा साकेला, लाखे, मारुनी र संगीनी नाच देखाइएको थियो । शिक्षिका रिदिमा राईको संयोजकत्वमा चित्रकला प्रदर्शन गरिएको थियो ।

जालपा माबिका छात्र/छात्राले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । जालपाको भौगोलिक, सामाजिक अवस्थाका बारेमा निवर्तमान वडाध्यक्ष विकास राईले नेपाली र अंग्रेजीमा मन्तव्य दिएका थिए ।

अतिथिलाई जालपाको वडापन्छी घोषणा गरिएको लाटोकोसेरोको प्रतिमा अवलोकन गराइएको थियो । छात्र/छात्राले काठ र काँचो कागजबाट बनाइएको पंखा हस्तान्तरण गरेका थिए । अतिथिलाई मायाँको चिनो स्वरुप दिनका लागि रुमाल तयार पारिए पनि समय अभावका कारण प्रदान गर्न नसकिएको वडाध्यक्ष राईले बताए ।

jj3.jpg

लाइभ पेन्टिङ देखाउँदै चित्रकार । तस्बीरः ओजोनबाबु आचार्य

रौनककाबीच जालपामा स्वदेसी तथा विदेसी चित्रकारले क्यान्भासमा लाईभ पेन्टिङ गरेर चित्र तयार पारेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यता तथा मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जालपाबाट फर्किएका स्वदेसी तथा विदेसी चित्रकारलाई दिक्तेलको कर्म मन्दीरमा बालन र संगिनी नाच अवलोकन गराइएको थियो । त्यसपछि खानीडाँडा विमानस्थल लगेर दृश्यावलोकन, नेवारी झाँकी एबं माटोको भाँडाकुँडा निर्माण सम्वन्धी कला अवलोकन गराइएको थियो । अतिथिलाई देखाउनकै लागि राती शुभम फाउण्डेसनमा धामी झाँक्रीको चिन्ता बसाइएको छ ।

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो । १८ लाख खर्च हुने लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब सय वटाको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने मेयर भट्टराईले बताए ।

66.jpg

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्‍याउने दावी गरिएको छ ।

कलाकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको मेयर भट्टराईले बताए ।

चित्रकला कार्यशालामा जिल्लाका छात्र/छात्रालाई पनि सहभागी गराइने छ । गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending