कावासोती । पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ ।
पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन थालिएको कावासोती –८ मा अवस्थित ज्ञानोदय माविका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताए ।
उनले भने, “पछिल्लो समय बालबालिका आफैँ पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन इच्छुक देखाउने हुँदा हप्ताको एक दिन अर्थात् शुक्रबार विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउने गरेका छौं । बालबालिकाले दैनिक रुपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्नसक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लाे बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिँदै आएको प्रधानाध्यापक अधिकारीले बताए ।
यस्तै, कावासोती वडा २ को नवदुर्गा आधारभूत विद्यालयमा पनि विद्यार्थीलाई ‘झोलाविहीन शुक्रबार’ अन्तर्गत अतिरिक्त क्रियाकलापमा समावेश गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिए । विद्यालयमा वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफसँगै कक्षा ६, ७, ८ का विद्यार्थीलाई टपरी बनाउने, बत्ती काट्ने सीपमुूक शिक्षा दिनेगरेको उनले बताए ।
देवचुली वडा –१ मा रहेकोे नेपाल आधारभूत विद्यालयले पनि विगत केही समय अगाडिदेखि विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । झोलारहित शुक्रबार अभियानमा विद्यालर्थीलाई विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दा व्यावहारिक ज्ञान हासिल गरेको नेपाल आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सदीक्षा भण्डारीले बताए ।
विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइरहँदा नाटकलाई पनि विद्यालयले प्राथमिकतामा राख्ने गरेका छन् । विद्यार्थीमा विविधता नै नाटकको आवश्यकता भन्दै देवचुली वडा ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले नाटक कक्षा सञ्चालनमा ल्याएको छ ।
अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनुभन्दा पनि विद्यार्थीको रुचि र उनीहरुको मनोबल बुझ्न आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताए ।
विद्यालयमा विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अन्य विविध क्रियाकलापमा समावेश गराउँदा विद्यार्थी स्वयंम्ले आफूभित्र भएका प्रतिभालाई उजागर गर्ने अवसर पाइरहेका छन् । विद्यालयमा सिकाइ क्रियाकलापको गुणस्तर वृद्धिका लागि शिक्षासँगै इलम र जिम्मेवारी भन्ने भनाइको सारलाई आत्मसात् गरी सिकाइलाई जीवनाेपयोगी बनाउन आधारभूत ज्ञान, सरसफाइ र फोहाेरमैला व्यवस्थापन, स्थानीय संस्कृति एवम् ऐतिहासिक महत्वका स्थलको जानकारी विद्यार्थीले पाउनेगरेको कावासोती शाखा अधिकृत राजन पाण्डेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - २२:४४
काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...
जेष्ठ १४ गते, २०८३ - २२:३७
रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...
जेष्ठ १४ गते, २०८३ - २२:३२
काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...
जेष्ठ १४ गते, २०८३ - २२:२९
काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...
जेष्ठ १४ गते, २०८३ - २२:१४
सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...
जेष्ठ १४ गते, २०८३ - २२:०५
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...
जेष्ठ १४ गते, २०८३ - २२:०३
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...
जेष्ठ १४ गते, २०८३ - २२:००
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...
जेष्ठ १४ गते, २०८३ - २१:५७
गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...
जेष्ठ १४ गते, २०८३ - २१:५३
कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...



प्रतिकृया लेख्नुहोस्: