Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भूकम्पले ३२ विद्यालय भत्किए, छैन पढ्ने ठाउँ

विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पार्याे

खबरडबली संवाददाता

बझाङ । बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प गइरहेका छन् । ६.३ म्याग्निच्युडसम्मको भूकम्पले जनधनको मात्रै क्षति गरेन, विद्यालयका भवन पनि भत्कायो । जिल्लाका १२ वटै स्थानीय तहमा क्षतिको विवरण केलाउँदा अन्यभन्दा विद्यालयको तुलनात्मक रूपमा बढी छ ।

विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ । प्राप्त विवरणअनुसार तल्कोट गाउँपालिकामा ४, जयपृथ्वी नगरपालिकामा ६, थलारामा ४, छबिसपाथिभेरामा २, थलारा गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ४, बित्थडचिर गाउँपालिकामा २, मष्टा गाउँपालिकामा ४ र केदारस्युँ गाउँपालिकाका २ विद्यालयका भवनमा पूर्णरूपमा क्षति भएको प्रारम्भिक रिपोर्ट छ । 

जिल्लाभरका दुई सयभन्दा बढी विद्यालय भवनहरू चर्किएका छन्। केही ठाउँको रिपोर्ट नै प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भूकम्पबाट एकको मृत्यु भएको र २० जना घाइते छन् । पाँच जना गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ। 

भूकम्पका कारण ३ सय १५ वटा निजी आवास, २१ वटा सरकारी भवन र ३२ वटा विद्यालय गरी जम्मा ३ सय ६८ वटा संरचनाहरू आंशिक तथा पूर्णरूपमा क्षति भएको छ। घाइते हुनेमा प्रायजसो विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी छन् । केही विद्यार्थीको अवस्था निकै दयनीय रहेको छ। जयपृथ्वी नगरपालिका—११ भोपुरमा रहेको सत्यवादी मावि भोपुरमा अध्ययनरत १४ वर्षीया प्रमिला जोशी टाउको र हातमा ढुंगा लागी गम्भीर घाइते भएकी छन्। उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको छ । 

यस्तै जयपृथ्वी—११ कै रुइनाबगरकी विद्यार्थी ७ वर्षीया सलिना जोशीको बायाँ खुट्टा भाँचिएकोले उपचार भइरहेको छ। यी उदाहरण मात्रै हुन्, विद्यार्थीहरू भागदौड र पढिरहेकै बेला भवन भत्किँदा घाइते धेरै छन् । पटकपटक आइरहेका भूकम्प तथा पराकम्पले विद्यालयका कच्ची भवन धराप बनाइसकेको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगरपालिका—११ भोपुरका शिक्षक हितराज जोशी बताउँछन् । 

उनी भन्छन्, ‘अब त यस्तो लाग्छ। हाम्रा विद्यालय भवन अब विद्यार्थी मार्ने एम्बुस भइसके। पढ्ने र पढाउनेको ज्यान जोखिममा छ। भूकम्प बाजा बजाएर आउँदैन। केही पुराना भवनमा कसरी अध्यापन गराउन जाने हामी डराएका छौं, साना बालबालिकाको मनमा कस्तो डर होला ?’ मष्टा गाउँपालिका—४ भातेखोलामा रहेको कुलमष्टजन माविको एक भवन पनि भत्किएको छ। कुलमष्टजन मावि भातेखोला प्रधानाध्यापक मोहन थापा भन्छन्, ‘हाम्रो एक पाँचकोठे भवन त कामै नलाग्ने भयो । त्यहाँ हामीले बालकक्षा, लेखा फाँट सञ्चालन गरिराखेका थियौं । अर्को आठकोठे भवन पनि बेस्सरी चर्किएको छ । बेलाबेलामा पराकम्पन गइरहेका छन्। आइतबारसम्म त बिदा छ । त्यसपछिका दिनहरू कसरी बिताउने चिन्ता लागिरहेको छ ।’

खप्तडछान्ना गाउँपालिका—५ कालुखेतीमा रहेको खप्तड माध्यमिक विद्यालयको हालत झन् खराब छ । भूकम्पले भवनसँगै र आँगन भत्किएपछि विद्यार्थी र शिक्षकहरू भागेर ज्यान जोगाउन सफल भएका थिए । खप्तड माध्यमिक विद्यालय कालुखेतीका प्रधानाध्यापक धनबहादुर गिरी भन्छन्, ‘हामी त दोहोरो मारमा परेका छौं। पहिले बाढीले विद्यालयलाई जोखिम बनायो अहिले भूकम्पले। धन्न भागेर ज्यान जोगाउन सफल भयौं। केही विद्यार्थी सामान्य घाइतेसमेत भए। भूकम्पले एक भवन र विद्यालय प्राङ्गण भत्कायो। अब हिउँदेयाम सुरु भइसक्यो कसरी पठनपाठन गर्ने रु चिसो र पानी परे त साना बालबालिकालाई समस्या हुने भो।’

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया विद्यालय भवनहरू भूकम्पले चर्काएर एम्बुसजस्तै भएको बताउँछन्। उनले पालिकामा चार विद्यालयमा क्षति भएको विवरण सुनाउँदै भने, ‘थलारा गाउँपालिका—९ मा बढी क्षति भएको थियो। त्यहाँ अवलोकनका लागि गएको थिएँ। चक्रेश्वर मावि मालुमेला, पूर्ण चन्द्रोदय मावि कुलाकाट्नेलगायतका विद्यालयहरूका केही भवन भत्किएका छन्, केही उच्च जोखिममा भएकाले बालबालिका विद्यालय पठाउने वातावरण बनिसकेको छैन। हामीले आकस्मिक कार्यपालिका बैठक पनि बसाल्यौं। क्षतिपूर्ति दिन एक्लै पालिका नसक्ने सम्भावना देखिएपछि देशविदेशबाट सहयोग मागेका छौं।’

जयपृथ्वी नगरपालिका—३ पुगरमा रहेको मुड्तिनदेव आधारभूत विद्यालयलाई पनि भूकम्पले थिलथिलो बनाएको छ। विद्यालयमा रहेका चार कोठा चर्किएर बस्नै नमिल्ने अवस्था सिर्जना भएको त्यहाँका शिक्षक दिनराज जोशीले बताए। छबिसपाथिभेरा गाउँपालिका—१ मा रहेको अवस्था त झन् यति दर्दनाक छ कि भत्किन बाँकी रहेका भवन पनि पठनपाठन गर्न योग्य छैनन्। विद्यालयको पुराना सबै भवन भत्किँदा विद्यालयका टेबल कुर्ची र शैक्षिक सामग्री नष्ट भएका छबिसपाथिभेरा गाउँपालिका—१ का वडाध्यक्ष करनजंगबहादुर सिंहले बताए।

जिल्लाका प्रायःजसो विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएको त्यहाँका शिक्षक र जनप्रतिनिधिहरूको भनाइ छ। विद्यालय भवनहरू पुराना र भूकम्पीय मापदण्ड नअपनाएर बनाएका हुनाले यो अवस्था सिर्जना भएको इन्जिनियर कमल विकले बताउँछन्। उनी भन्छन्, ‘विद्यालय भवनहरू केही पुरानै छन्। केही नयाँ पनि भूकम्पीय प्रविधि नअपनाएर बनेका छन्। सानो रकमले धेरै नतिजा खोज्नु र ठेकेदारको लापरबाहीले यस्तो अवस्था आएको हो। यसले विद्यार्थीको भविष्यमाथि कालो 
बादल मडारियो।’ 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending