Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

किन पाइन् जेलमा रहेकी मोहम्मदीले नोबेल शान्ति पुरस्कार ?

खबरडबली संवाददाता

काठमाडाैं । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन्। महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको संघर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

मोहम्मदी अहिले तेहरानस्थित एउटा जेलमा छिन्। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिनेछ। नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ। 

मोहम्मदी इरानको कुख्यात मानिने इभिन जेलमा छिन्। इभिन जेल सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो। यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवाधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन्। सन् २०२१ मा ह्याकरहरूबाट बाहिरिएको एउटा भिडियोमा सुरक्षाकर्मीबाट बन्दीहरूलाई कुटपिट गरिएको देखिएको थियो। इरानको सत्ताले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ। उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन्। मोहम्मदीलाई सरकारविरुद्ध प्रोपागाण्डा फैलाएको लगायतका आरोप लगाइएको रोएटर्सले जनाएको छ। उनलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १ सय ५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ।

अहिलेसम्म नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र साहित्यतर्फका विजेताको नाम घोषणा गरिसकेको छ। गत वर्ष अर्थात् २०२२ मा बेलारुसी मानव अधिकारकर्मी एलियास बिलियाट्स्की र रुसी मानव अधिकार संगठन मेमोरियल तथा युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टिजले शान्ति पुरस्कार पाएका थिए। 

अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए। अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले उनलाई नोबेल पुरस्कार दिइएको थियो। तर, उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो। किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए। अन्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली संघ (सन् २०१२), संयुक्त राष्ट्रसंघ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन्। युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन्। विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्य, विश्वविद्यालयका प्राध्यापक, वैज्ञानिक, पूर्वविजेता र अन्यले मनोनयन गर्छन्। नोबेल फाउन्डेसनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन। कसैले आफैंलाई मनोनयन गर्न पाउँदैन। एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन्।

नोबेल फाउन्डेसनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने पुरस्कार घोषणा हुँदैन र पुरस्कारको रकम अर्को वर्षका लागि राखिन्छ। भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्विडेनमा प्रदान गरिन्छ।

नोबेल शान्ति पुरस्कार विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्विडिस क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन्। बीबीसी 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending