धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले धनगढीमा ११ बजे प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्नेछन् ।
प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्यहरू उपस्थित हुने जनाइएको छ।
उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र सुरु हुने छ । अहिले सम्म प्रदेशको अध्यक्षमा नेताहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन् । उनीहरूबीच अहिलेसम्म सहमति भने जुट्न सकेको छैन ।
अध्यक्ष बाहेकका अन्य सबै पदाधिकारी पदमा पनि आकाङ्क्षीहरू धेरै छन् । तर, पार्टी नेतृत्वले सर्वसम्मतको प्रयास गरेपनि कुनै प्रदेशमा सहमति नजुटेर चुनावी प्रतिस्पर्धा भइरहेको छ।
अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागि रहनेछन् । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरि एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरि एक सय १७ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरि ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरि ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरि ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरि ५४ जना प्रतिनिधि रहेका छन् ।
यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरि ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरि ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरि १८ जना प्रतिनिधि रहेका छन भने जनसंगठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरि ७५ जना प्रतिनिधि रहने छन् ।
पार्टीको मजदुर विशेष इलाका कमिटिबाट एक महिला, चार पुरुष गरि पाँच जना प्रतिनिधि रहेका छन भने बुद्धिजिवि विशेष इलाका कमिटिबाट एक महिला र चार पुरुष गरि पाँच जना प्रतिनिधि रहने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०९:३७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...
माघ ८ गते, २०८२ - ०९:२९
काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...
माघ ८ गते, २०८२ - ०९:११
विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...
माघ ८ गते, २०८२ - ०८:२०
काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...
माघ ८ गते, २०८२ - ०८:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...
माघ ८ गते, २०८२ - ०८:१०
काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले आज सूचना जारी...
माघ ८ गते, २०८२ - ०८:०५
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...
माघ ८ गते, २०८२ - ०७:५९
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...
माघ ८ गते, २०८२ - ०७:५३
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...
माघ ८ गते, २०८२ - ०७:४७
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: