Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

इजरायलमा हमास विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा २३२ जनाको मृत्यु, अवस्था तनावग्रस्त

खबरडबली संवाददाता

काठमाडौं । इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको छ। 

दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ। 

हमासको आक्रमणको जवाफमा इजरेलले पनि गाजामा प्यालेस्टिनी क्षेत्रहरूमा आक्रमण गरेको छ। शनिवार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए। प्यालेस्टिनी लडाकुहरूले इजरेलका सैनिकहरू सहित दर्जनौँ इजरेलीहरूलाई नियन्त्रणमा लिएर बन्धक बनाएको अधिकारीहरूले बताएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेल "युद्धमा रहेको" र गाजाको शासक हमासले "उसले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने" बताएका छन्।  अहिले इजरेलका दर्जनौँ लडाकु विमानहरूले गाजास्थित हमासका लडाकुहरू रहेको क्षेत्रमा हवाई हमला गरिरहेका छन्।

आक्रमणमा परेर कम्तीमा एक जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

हमास बन्दुकधारीको इजरेली क्षेत्रमा प्रवेश

शनिवार बिहानै हमासका दर्जनौँ बन्दुकघारी दक्षिणी इजरेलमा अचानक प्रवेश गरेर आक्रमणमा गरेको बताइएको थियो। त्यसबेला इजरेलको सेनाले "परिस्थितिको मूल्याङ्कन" गर्दै गाजा स्ट्रिपमा आक्रमणकारी भएका स्थानहरूमा प्रहार गरिरहेको बताएको थियो।

शनिवार सुरुमा इजरेलतर्फ दर्जनौँ रकेटहरू प्रहार गरिएको थियो। त्यसले गर्दा उक्त देशभरि हवाई आक्रमणको पूर्वसूचना दिने साइरनहरू बजेका थिए। तेल अभिभ र गाजा वरपरका क्षेत्रमा विस्फोटन भएका विवरण आएका थिए।

प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमणको जिम्मा लिएको थियो। उसको सशस्त्र बलले शनिवार २० मिनेटमा ५ हजार वटा रकेट प्रहार गरेको जनाएको छ।

इजरेलले के भन्यो?

इजरेली रक्षा बल (आईडीएफ)ले हमासले "गाजा स्ट्रिपबाट इजरेली क्षेत्रमा ठूलो मात्रामा रकेट प्रहार गर्न थालेको" र सशस्त्र लडाकुहरू "विभिन्न स्थानबाट" इजरेली क्षेत्रमा प्रवेश गरेको बताएको छ।

एउटा वक्तव्यमा इजरेली सेना प्रमुखले "परिस्थितिगत मूल्याङ्कन" गरिरहेको र हमासले "ती घटनाहरूको परिणाम भोग्नुपर्ने" बताएको उल्लेख गरिएको छ।

गाजा वरपरका बासिन्दाहरूलाई भित्रै बस्न भनिएको छ भने दक्षिणी र मध्य क्षेत्रका नागरिकहरूलाई "सेल्टरको छेउमा बस्न" भनिएको छ। इजरेयलको एउटा उद्धार एजेन्सीले एक जनाको मृत्यु भएको र अन्य १५ जना घाइते भएको बताएको छ।

रोएटर्सले लिएको एउटा भिडिओमा इजरेली अग्निनियन्त्रकहरूले आश्केलोन सहरमा आगो निभाउँदै गरेको देखिन्छ भने जलेका सवारी साधनहरूबाट धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रकेट आक्रमणबारे छलफल गर्न सुरक्षा प्रमुखहरूको बैठक बस्न लागेको जनाएको छ।

हमास के भन्छ?

हमासका नेता मोहम्मद डेफले शनिवार बिहान इजरेलतर्फ पाँच हजार वटा रकेट प्रहार गरिएको बताएका छन्। त्यसलाई उनले "अपरेशन अल-अक्सा स्टर्म" भनेका छन्। "हामीले अति भनेको त अति नै हुन्छ भनेर यो निर्णय गरेका हौँ," उनले भने।

“हामीले पहिले नै शत्रुलाई चेतावनी दिएका छौँ। उनीहरूको कब्जाले कैयौँ नागरिकहरूको नरसंहार भएको छ। उनीहरूले गरेको कब्जाको अपराधका कारण यो वर्ष सयौँ शहीद र घाइते भएका छन्।

"हामी ‘अपरेशन अल-अक्सा फ्लड’ सुरु भएको घोषणा गर्छौँ र हामी घोषणा गर्छौँ- पहिलो प्रहारले शत्रुका स्थान, विमानस्थल र सैन्य किल्लालाई लक्षित गरेको थियो र हामीले पाँच हजार रकेटहरू प्रहार गर्‍यौँ।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE